
महोत्तरी- बर्दिवासमा हाम्रोमाया घर निर्माण गरौ सनातन हिन्दु धर्मको रक्षा गरी संस्कृतिको जगेर्ना गरौं, सडक मानबको उद्धारकालागि सबै नागरिक जुटौ भन्ने उदेश्य सहित शिव पुराण ज्ञान महायज्ञ लगाईने भएको छ।
नेपालकै ख्याती प्राप्त सनातन हिन्दु धर्मकी प्रचारक राधिका दासीको मुखारबिन्दुबाट यहि साउनको २१ गते देखि २९ गतेसम्म शिव पुराण ज्ञान महायज्ञ लगाईने मंगलवार बर्दिवासमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जनाएको छ ।
शिबपुराण ज्ञान महायज्ञ मुल समारोह समितीका अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा लगाईने ज्ञान महायज्ञमा बिभिन्न उपसमिती गठन गरीएको बर्दिवास स्थित हाम्रोमाया घरका अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिए।

साउन महिना भनेको शिवको महिमा भएकाले शुभ र राम्रो साइत जुरेको हुनाले शिवको महिमालाई उजागर गर्दै वैदिक सनातन धर्म र संस्कृतिको रक्षाकालागि समेत ज्ञान महायज्ञ शुभ रहेको गौतमकोे भनाई छ ।महायज्ञ सञ्चालनका लागि करिब २५ लाख खर्च लाग्ने छ।
ज्ञान महायज्ञ सञ्चालन गरेर भक्तजनबाट करिब १ करोड ५० लाख संकलन गर्न सकिने अनुमान आयोजकको रहेको छ ।
९ दिनसम्म चल्ने शिवपुराण ज्ञान महायज्ञमा कथा बाचिका राधिका दासी लगायत अन्य दुईजना शिरोमणि कथा उपवाचककोमुखारबिन्दुबाटकथा बाचन हुँने छ्।बर्दिवास नगरपालिकाको वडा नम्बर १ स्थित गौतम होटलको उत्तरपट्टी मेला महोत्सब लाग्ने स्थानमा ज्ञान महायज्ञ लाग्ने आयोजकले बताएको छ ।

ज्ञान महायज्ञबाट संकलन भएको रकमबाट हाम्रोमाया घरको निर्माणको काम शुरु गरीने उद्योग बाणिज्य संघ बर्दिवासकी सदस्य तथा स्थानिय समाजसेबी उषा ढकालले जानकारी दिईन ।

बर्दिवासमा हाम्रोमाया घर निर्माणकालागि वडा नम्बर २ का स्थानिय समाजसेबी कपिल अधिकारी लगायत बिभिन्न समाजिक अभियन्ताहरुले सोही वडामा १ करोड् ४० लाख मुल्य बराबरको साढे् ५ कठ्ठा जग्गा दान गरेका छन् । तीन तल्ले र पाँच तल्ले दुईवटा भबन निर्माण गरीने हाम्रो मायाघरमा शुरुवातको बर्षमा ४० जना सडक मानब राखेर सञ्चालनमा ल्याईएपनि पुर्वाधार निर्माण सम्पन्न पछि २ सय जना सडक मानबलाई आश्रय दिईने हाम्रो मायाघर परीवारले जनाएको छ ।