
महोत्तरी - मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरी असई थमन वि.क. हत्या आरोप लागेका पुर्व प्रदेश साँसद कौशल यादवलाई प्रहरीले पक्राउ गरि अदालतमा पेश गरेको छ । सोहि हत्या आरोपमा पुर्व साँसद यादवको हकमा मुद्दा मुलतवीमा राखिएकोमा अर्कै घटनामा पक्राउ परेका पुर्व साँसद यादवलाई थमन हत्या मुद्दामा समेत अदालत पेश गरिएको हो ।
उक्त मुद्दाको सक्कल मिसिल उच्च अदालत जनकपुरमा रहेकोले मिसिल भोलीमात्र जिल्ला अदालत महोत्तरी आउने भएकोले आज उनलाई प्रहरी हिरासतमा पठाउने जिल्ला अदालत महोत्तरीका सुचना अधिकारी शाखा अधिकृत केदारनाथ झाले बताए ।
उनले पुर्व साँसद यादवमाथि कर्तव्य ज्यान र आगलागी मुद्दा रहेकोमा दुवै मुद्दामा उनी फरार रहेकोले उनको हकमा मुद्दा मुलतवीमा रहेकोले अव मुलतवीबाट मुद्दा व्युझिने र आवश्यक कार्यवाही अगाडी बढ्ने सुचना अधिकारी झाले थपे । उनले सक्कल मिसिलको लागि पत्र जनकपुर उच्च अदालत पठाईसकेको थपे ।
स्कारपियोलाई ठक्कर दिदा ब्युझियो पुरानो मुद्दा ः
पुर्व साँसद यादवलाई प्रहरीले सशस्त्र असई विककै मुद्दामा पक्राउ नगरि उनलाई सडक दुर्घटनाको अर्कै मुद्दामा पक्राउ गर्दा उनको पुरानो मुद्दा व्युझिएको हो । उनलाई हिजो शनिवार सम्सी गाउपालिका ५ स्थित हुलाकी सडक खण्डमा म्ीघ ऋब्थ् डटज्ञछ नं. को स्कारपियो गाडीलाई ठक्कर दिदा सो गाडीमा सवार तिनजना घाईते भएपछि प्रहरीले पक्राउ गरेको थियो ।
पुर्व साँसदले चलाएको प्र.२–०२–००१ च ००४५ नं. को महिन्द्रा पिकअपबाट स्कारपियोमा ठक्कर लागि स्कारपियोमा सवार व्यक्तिहरु घाईते भएपछि तत्काल प्रहरीले उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले आफ्नो नाम बताएका थिए । प्रहरीले सोहि नाम आफ्नो डाटामा भिराएपछि उनी कर्तव्यज्यान मुद्दा र आगजानी मुद्दामा फरार रहेको प्रहरीले थाहा पाएपछि उनलाई आईतवार अदालत पेश गरेको थियो ।