
महोत्तरी - महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं. ९ बहुअर्वामा नव-निर्मित ब्रह्मस्थान मन्दिरको समुद्घाटन गरिएको छ ।
यसै बीच आज एक समारोहका बीच उक्त ब्रह्मस्थान मन्दिरको समुद्घाटन मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल र उप-प्रमुख मंजु देवी साहले संयुक्त रूपमा गर्नुभयो ।

उक्त ब्रह्मस्थान मन्दिर मटिहानी नगरपालिकाको नगर स्तरीय योजना अन्तर्गत १६ लाख ५० हज़ार (मु.अ. कर बाहेक) को लागतमा निर्माण गरिएको कुरा मटिहानी नगरपालिकाको इंजीनियर विमलेश साहले बताउनु भयो ।

उक्त मन्दिर समुद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य श्री राम पदारथ साहज्यू , कृष्ण बल्लभ मिश्र, गोपाल ठाकुर, सिंहेश्वर यादव, राम एकवाल यादव, योगेन्द्र साह लगायतका स्थानीयहरुको सहभागिता रहको थियो ।
