
काठमाडौं । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि राष्ट्रपति कार्यालयले सरकार कामचलाउ भएको जानकारी दिएको छ ।
कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा अर्को सरकार गठन नभएसम्म यही सरकार कामचलाउ सरकारका रुपमा रहको उल्लेख गरेको छ ।
प्रचण्डले शुक्रबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत मागेका थिए । उनको पक्षमा ६३ र विपक्षमा १९४ मत परेपछि उनी पदमुक्त भएका छन् ।
यससँगै उनी बिदाइ भएपनि अर्को सरकार नभइन्जेल संविधानको धारा ७७ को उपधारा ३ बमोजिम कामचलाउ सरकारको रुपमा रहने संवैधानिक व्यवस्था रहेको छ ।
