
महोत्तरी(औरही)-मुस्लिम समुदायले औरही नगरपालिका सहित मधेस प्रदेशका विभिन्न स्थानमा ताजिया (दाहा) पर्व मनाएका छन् । हरेक वर्षझैँ यस वर्ष पनि मुश्लिक समुदायले बुधबार औरही नगरपालिका १ स्थित औरही बजारमा ताजिया(दाहा) पर्व मनाएका हुन् ।
औरही नगरपालिका वडा नम्बर -३ श्रीपुर,बलबा नगरपालिका वडा नम्बर १० रौजा मजार,सम्सी गाउँपालिका १ पर्सा,गौशाला नगरपालिका ५ गौशाला बजार,लोहरपट्टि नगरपालिका,मटिहानी नगरपालिका लगायतमा मुस्लिमहरुले सो नगरपालिका र गाउँपालिकामा राखिएको रौनमा अ-आफ्नो घरबाट बनाएका दाहा राखेर दाहा मनाएको हो । सो स्थलहरुमा युवाहरुले विभिन्न प्रकारका कलात्मक खेल प्रदर्शन गर्ने गरेको थियो । दाहा मेलामा मुस्लिम समुदायका महिलाहरुले हसन हुसेनको सम्झनामा गीत गाउने पनि परम्परा रहेको छ ।

इस्लामिक क्यालेन्डर अनुसार अहिले मोहरम महिना चलिरहेको छ । मोहरम इस्लामिक क्यालेन्डरको पहिलो महिना हो । इस्लाम धर्मअनुसार मोहरम महिनाबाट नयाँ वर्षको सुरुवात हुन्छ । यो महिनामा नै इस्लाम धर्मका प्रर्वतक हजरत मोहम्मद पैगम्बरका नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको रक्षाका लागि आफ्नो ज्यानको कुर्बानी (बलिदानी) दिएका थिए ।

इमाम हुसेनले अल्लाहसँग आफ्ना हजुरबुबा मोहम्मदलाई मान्ने सम्पूर्ण मुसलमानलाई जन्नत ( स्वर्ग) पुर्याउन गरेको वाचानुरुप बदलामा हुसेन इराकको राजधानी कर्रवला बग्दादमा शहीद भएको सम्झनामा संसारभरका मुसलमानले मोहर्रम मनाउदै आएको औरही नगरपालिका १ बस्ने मुबारक साफीले बताएका छन् ।
कुरानअनुसार हुसैनकी आमाले पढेको नवाज अल्लाहले सबैभन्दा बढी मन पराउने भएकाले नवाज पढ्ने समयमा सधैँ हुसेन रोइरहेपछि फरिस्ताले अल्लाहले आग्रहमा नवाज सुन्न बाधा नपरोस् भनि जन्नत घुमाउँदा समेत हुसेन रुन नछाडेपछि अल्लाहले तिमी किन रोइरहेको भनी प्रश्न गरे ।

हुसैनले हर्जरत मोहम्मदका उम्मद (अनुयायी) सीधै जन्नत जान पाऊन् भनि माग गरेपछि अल्लाहले तिमी कर्रवला बग्दादमा शहीद हुन तयार छौ भने मात्र म तिम्रो इच्छा पूरा गर्नेछु भनि वाचा गरेपछि मोहर्रमको नवमीको रात हुसैनको कतल गरी मोरम दशमीको दिन शहीद भएको सम्झनामा यो पर्व मनाइन्छ ।
