
महोत्तरीको बर्दिवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माग गरेको जग्गा विवादित वनेको छ ।
आयोगले आवासका लागी माग गरेको थप ६ कठ्ठा जग्गाको विषयमा स्थानियहरुले अवरोध गरेपछि विवादित वनेको हो ।
बर्दिवास-३ स्थित गौरिडाडामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयसँगै जोडिएको उक्त सार्वजनिक जग्गा स्थानियहरुले नदिने र जवर्जस्त गरे प्रतिरोधमा उत्रने चेतावनी दिएपछि आयोगलाई दिने वा स्थानीय सरकारको स्वामित्वमा राख्ने भन्ने विषयमा मत बाझिएको छ ।
नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले जग्गा सिफारिस समितिको बैठकमा उपस्थितिमा हस्ताक्षर गरेको तर निर्णयमा हस्ताक्षर नगरेको दावी गर्दै आएका छन ।
नगरप्रमुख क्षेत्रीले भने , ’तर हामी जनताको पक्षमा छौ, जनभावना विपरित केहीपनि हुँदैन तपाईहरु ढुक्क भए हुन्छ ।’
वडा नं.३ का वडा अध्यक्ष विराट बिष्टले जनभावनाको कदर गर्दै उक्त जग्गा आयोगलाई दिन नसकिने अडान लिएका छन् ।
आयोगले माग गरेको उक्त जग्गा नापी कार्यालयले नाँपजाँचको लागि १५ दिने सुचना समेत सार्वजनिक गरेको वताएको छ । नापी कार्यालयका कार्यालय प्रमुख धर्मानन्द ठाकुरले आफुहरुले निर्देशन मात्र पालना गरेको र प्रक्रियाअनुसार काम गरिरहेको वताए ।
बाक्लै जनघनत्व रहेको गौरिडाडामा सामान्य एस्मवली पोइन्ट समेत नभएको वताउदै उक्त जग्गा स्थानीय सरकारको संरक्षणमा राखेर अख्तियारलाई दिन नहुने स्थानियहरुले वताउदै आएका छन । ‘प्राकृतिक प्रकोपको समयमा जम्मा हुने ठाँउ समेत छैन, हाम्रा सन्ततिहरुले खेल्नका लागि सामान्य खेल मैदान पनि छैन ।’ स्थानीय ललित बुढाथोकीले भने ।’अख्तियारको कार्यालय र व्यवस्थापनको लागि प्रसस्त जग्गा छ त्यसैले आयोगले उक्त जग्गा प्राप्तिको लागि जवर्जस्त नगरोस ।’
स्थानियहरुले वडा कार्यालयले दिन नसक्ने भनिएको सिफारिस र सामुहिक निर्णयको गरेको हस्ताक्षर सहित सरोकारवाला कार्यालयहरुलाई ज्ञापनपत्र बुझाएका छन । जग्गा सिफारिस समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी, मालपोत कार्यालय, नापी कार्यालय र नगर कार्यापालिकाको कार्यालयलाई ज्ञापनपत्र बुझाएको स्थानियहरुले वताए ।
यता वडा अध्यक्ष बिष्टले स्थानियहरुको अडानमा आफु सहमत भएको र अख्तियारलाई दिने भनिएको जग्गामा वडाको खेलमैदान वनाउन बजेट समेत बिनियोजन गरिएको जानकारी दिए । ‘सरकारले एक वडा एक खेल मैदान वनाउने नीति नै बनाएको छ ।