
बर्दिवास- महोत्तरीको बर्दिवास १ निवासी सामाजिक अभियन्ता तथा महिला नेतृ मन्जु क्षेत्रीले आफ्नो ४३ औ जन्मदिनको अवसरमा बृक्षरोपन गर्दै टुटेश्वर मन्दिरमा सि.सि. टिभी सञ्चालनकालागि एल .ई .डि टिभी प्रदान गरेकी छिन् ।
बर्दिवास नगरपालिका ४ स्थित मेडिकल कलेज निर्माणकालागि राष्ट्रिय स्वतन्त्र पार्टी बर्दिवासले शनिवार बर्दिवास ५ स्थित मरहा नदीको नदी उकास जग्गामा गरेको बृक्षा रोपण कार्यक्रममा नेतृ क्षेत्री सहित उनका श्रीमान बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्री समेत सहभागी भई बृक्षरोपण गरेका हुँन।

बृक्षरोपण लगत्तै क्षेत्री दम्पती टुटेश्वर नाथ महादेब मन्दिरमा पुगेर सि.सि.टिभी सञ्चालनकालागि ३६ ईन्चको एल .ई .डि टिभि प्रदान गरेका हुन् ।
बृक्षरोपण गर्ने क्रममा नेतृ क्षेत्रीले हरीयो बन नेपालको धन भन्ने मान्यतालाई आत्मसाथ गर्दै प्राकृतिक सम्पदाको जगेर्ना गर्नु सबैको दायित्व भएको बताईन ।
उनले हाल भईरहेको वन विनासले जलवायु परिवर्तनमा देखिएको प्रत्यक्ष सर र त्यसवाट भईरहेको बिभिन्न किसिमका बिपती रोक्न समेत आफुले जन्मदिनको अवसरमा बृक्षरोपण गरेको जनाईन ।
त्यसैगरी टुटेश्वरनाथ महादेब स्थान पुगेर उनले एल .ई .डि प्रदान गर्दै हाल मन्दिरमा साउने सोमवारीमा दर्शनगर्न आउने लाखौ भक्तजनको सरक्षाको मध्यनजर गर्दै सि.सि. टिभि एल .ई .डि प्रदान गरेको बताइन्।
यसैक्रममा रास्वपाले मरहा नदीको नदी उकास जग्गामा बिभिन्न प्रजातीको २ सय ५०थान बिरुवा रोपेको सो पार्टीले जनाएको छ ।