
महोत्तरी - बर्दीबासको बलगाछीस्थित ढुंग्रे खोलामा आएको बाढीले पुलछेउको माटो कटान गरेर अवरुद्ध पूर्व–पश्चिम राजमार्ग एकतर्फी सञ्चालन भएको छ ।
करिब आधा घण्टा अवरुद्ध भएको राजमार्ग मर्मतका लागि सुरक्षा निकाय र नगरपालिकाको टोली पुगेकाे थियो ।
कटान भएको ठाउँलाई मर्मत गरी सडक एकतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय बर्दीबासले जनाएको छ ।नदीमा थप पानी आए पुनः राजमार्ग कटान हुन सक्ने जोखिम यथावत् रहेको प्रहरीले जनाएको छ।