
गणेश कुमार सिंह
महोत्तरी- जलेश्वरमा ई-रिक्सा संचालक संघलाई आईडी कार्ड वितरण गरेका छन् ।
जलेश्वर नगरपालिका का नगर प्रमुख सुरेश साह सोनारको प्रमुख आतिथ्यमा महोत्तरी ई-रिक्सा संचालक संघलाई एक कार्यक्रम आयोजना गरि आईडी कार्ड वितरण गरेका छन् ।
उक्त कार्यक्रममा जलेश्वरका ट्राफिक प्रहरी प्रमुख को उपस्तिथिमा दुई दर्जन भन्दा बढी ई-रिक्सा संचालकहरु संघ स्थापना गरि आईडी कार्ड वितरण गरिएका नगर प्रमुख सोनारले बताए ।
नगर प्रमुख सोनार अनुसार उपस्थित भएका सम्पुर्ण महानुभावहरू र कार्यक्रम संचालन गरेका ई-रिक्सा संचालक संघलाई हृदय बाट धन्यवाद समेत दिएका छन् ।