
नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर १ का महासमिती सदस्य तथा बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले बर्दिवास नगरपालिकामा विकासलले गति लिएको बताएका छन्।
जननायक विशेश्वरप्रसाद (विपी) कोइरालाको सोमवार १ सय ११ औं जन्म जयन्तीको अबसरमा बर्दिवासमा आयोजित नेपाली काँग्रेस नगर कार्यसमितीले आयोजना गरेको बीपी जयन्ती विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले नगरपालिकाको कुनैपनि शिर्षकमा मैले आर्थिक अनियमितता गरेको पाइए जुनसुकै बेला पनि राजिनामा दिने दाबि गरे।
उनले अनैतिक रुपले कुनैपनि किसिमको आर्थिक लेनदेन गरेको पाईएमा तुरुन्त उजुरी गर्न समेत सबै नगरबासीलाई आग्रह गरे ।
उनले बिपी कोईरालाको बिषयमा चर्चा गर्दै बिपीले लिनुभएको राष्ट्रिय मेलमिलापको नितीलाई शिरोधार्य गर्दै अघि बढनुपर्ने बताए ।
बीपी कोइरालाको बारेमा जति चर्चा गरेपनि नसकिने भन्दै क्षेत्रीले बिपीले देखाउनुभएको बाटोमा हिडन सकेमात्रै समाजवादको परिकल्पना गर्न सकिने बताए ।
नगर प्रमुख क्षेत्रीले अहिले बीपीको बिचारलाई नेपाली कांग्रेसले प्रचारप्रसार गर्न नसक्नु नेपाली कांग्रेस र यसको केन्द्रिय नेतृत्वको कमजोरी भएको जनाए।
उनले पछिल्लो समय युवा पुस्तामा बीपीको इतिहास र योगदानको ज्ञान दिन नसक्नु अहिलेको नेतृत्वको ठूलो कमजोरी भएको भन्दै युवा जगतमा बीपीको विचार र बैचारिक धारणा छर्नका लागि अहिले प्रशिक्षणको आवश्यता रहेको औल्याए।
बीपी भारत हुँदा त्यहाँको विभिन्न आन्दोलनमा सहभागी भई वहाँ करिब तीन महिना जेल जीवन बिताएर भारतको क्रान्तिमा समेत योगदान गर्नुभएको चर्चा गर्दै नेपालमा राजतन्त्र विरुद्ध प्रजातन्त्र ल्याउनमा बीपीको ठूलो योजना रहेको प्रस्ट पारे ।
प्रमुख क्षेत्रीले भने, बिपीले भन्नु भएको थियो प्रत्येकको घरमा खान लाउन पुगोस्,प्रत्येक घरमा रोजगारीको ब्यवस्था होस ।
बीपी राजनीतिमा मात्र होइन वहा एक साहित्यकार पनि हुनुहुन्थ्यो वहाको धेरै साहित्य कृतिहरु चर्चामा रहेको क्षेत्रीको भनाई छ।
बीपीको राष्ट्रियता,लोकतन्त्र र समाजवाद निर्माणमा महत्वपूणर् योजना रहेकोले पनी बीपीलाई पश्चिमी राष्ट्रका नेताहरुले समेत मान्ने गरेको क्षेत्रीले प्रकास पारे । अहिले कांग्रेसको राजनीति सामान्य तवरले अगाडि बढेको हुनाले अहिलेको नेतृत्वमा पनि उहाँको जस्तो राजनीतिको विकास हुनुपर्ने आजको आवश्यकता रहेको उल्लेख गरे । उनले आफु बिद्यार्थी संगठन देखी कांग्रेसको राजनिती मा लागेको बताउँदै पार्टी संगठनमा कामगर्न दृढ ईच्छा शक्ति र दरीलो आत्म बिश्वास भए असम्भब भन्ने कुराको अन्त्य हुदैजाने नगर प्रमुखको भनाई छ ।
विचार गोष्ठी कार्यक्रममा कांग्रेसमा आवद्ध विभिन्न भातृ संघ तथा शुभेच्छुक संघमा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो।