
एकीकृत वचत तथा ऋण सहकारी संस्थाको पाँचौ बार्षिक साधारणसभामा आर्थिक बर्ष २०८०/८१ मा १ करोड ९७ लाख २८ हजार ३ सय ५६ रुपैयाँ वास्तविक नाफा सार्वजनिक भएको छ ।
३ हजार ८२ जना सदस्यहरु मध्ये सेयर रकम मात्र १ करोड ७० लाख ६ सय पुगेको कोषाध्यक्ष हेम वहादुर लामाले वताए ।
सुक्रवार गौतम होटलमा आयोजना भएको साधारणसभामा १० करोड ९२ लाख ८५ हजार १ सय २१ रुपैयाँ वचतवाट ११ करोड ६४ लाख ७२ हजार ७ सय ७९ रुपैयाँ ऋण लगानी भएको एकीकृत वचत तथा ऋण सहकारीले जनाएको छ ।
आर्थिक बर्ष २०८०/८१ मा संस्थाको कुल नाफा मात्र २३ लाख ६२ हजार ४४ रुपैयाँ रहेको अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिए ।
सचिव विनोद अधिकारीका अनुसार आर्थिक बर्ष २०८१/८२ मा सेयर पुजी १ करोड ८१ लाख ६ सय, ऋण लगानी १३ करोड ३३ लाख ७२ हजार ७ सय ७९, सदस्य संख्या ३३ सय ९२ जना पुर्याउने लक्ष्य रहेको छ ।
विभिन्न सामाजिक कार्यमा समेत सक्रिय वन्दै आएको संस्थाले सहकारीको दर्शन, सिद्धान्त, मूल्य,मान्यता, आचरण र कार्यशैलीलाई अनुसरण गरेर अगाडि वढेको हुनाले सामाजिकरुपमा छुट्टै पहिचान वनाएको जिल्ला सहकारी संघ महोत्तरीका अध्यक्ष रामनारायण साहको भनाई छ ।
राष्ट्रिय सहकारी माहासंघकी केन्द्रिय सदस्य सारदा दाहालले स्थानिय सरकारले सहकारी संचालन र यसभित्रको अफ्ठ्यारोमा नगरले सावधान गर्न सक्ने वताउदै स्थानिय सरकार उद्दार हुनुपर्ने धारणा राखिन ।
नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने विकास र संस्थागत विकासमा आफु उद्दार रहेको वताए । सवै जनासँग हातेमालो गरेर नै काम गरिरहेको वताउदै नगरप्रमुख क्षेत्रीले सवै सहकारीहरूलाई कार्ययोजना वनाएर आउँन आग्रह गरे ।
स्थानीय सरकारको भूमिका शुन्य : अध्यक्ष खड्का
सहकारीहरुको प्रगतीको लागि स्थानिय सरकारले चासो देखाउनुपर्ने भएतापनी यस्मा वेवास्ता गरेको उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले वताए ।
विकासका कामहरुमा कुनै सर्तविना काम गर्नुपर्ने वताउदै अध्यक्ष खडकाले नगरप्रमुख तथा सरकारको भुमिका फितलो भएको आरोप लगाए ।बर्दिवासमा दीर्घकालीन विकासका आधारहरु तयार गर्न बर्दिवास उधोग बाणिज्य संघले विभिन्न कार्ययोजनाहरु वनाएर अगाडि वढीरहेको पनि उन्को भनाई छ ।
मध्यपाषण युगको हतियार कारखाना देखि नगर क्षेत्रमा रहेका पर्यटनका सम्भावनाहरुलाई उजागर गरिरहेको वताउदै खडकालेकसरकारले समेत स्वामित्व लिनुपर्ने नगरप्रमुखलाई सल्लाह दिए ।