
बालबालिकाका नै समस्याहरू लेख्ने खै कसले होला ?
दूर दराजमा दु:ख पाकालाई देख्ने खै कसले होला ?
दुई चारवटा कार्यक्रममै बालदिवस सीमित भो
बाआमा नभाका पढ्न नपाकालाई भेट्ने खै कसले होला?
बालबालिकाकै नाममा आउने गरेका सहयोगहरू
पर्याप्त छैन हुन्छ कहा खर्च ? छेक्ने खै कसले होला ?
साठी औ दिवस् शिक्षामा लगानी सुनिश्चित भविष्यको थालनी
नारामा मात्र हैन व्यवहारमा रहर मेट्ने खै कसले होला ?
तुलसा भट्टराई
उदयपुर