
महोत्तरी - प्रेस सेन्टरका महोत्तरी अध्यक्ष र केन्द्रिय सदस्य सहित १६ जना प्रेस चौतारीमा आबद्ध भएका छन् ।
प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य सुनिता कुमारी,सेन्टरका महाेत्तरी का अध्यक्ष धनविर महताे,पत्रकार महासंघ महाेत्तरी सचिव राजकरण महताे र प्रेस सेन्टर मधेस प्रदेश सचिव एवं महासंघ महाेत्तरी सहसचिव रामनारायण महताे सहित महाेत्तरी तथा धनुषामा कार्यरत प्रेस सेन्टरका महत्त्वपूर्ण जिम्मेवारीमा रहेका १६ जना पत्रकारहरु नेकपा निकट संगठन प्रेस चाैतारी नेपालमा आवद्ध भएका छन्।
उनिहरुलाई एमाले महासचिव शंकर पोखरेल लगायतका नेता गणहरूले बधाई तथा पत्रकारिता जिवन उज्ज्वल भविष्यकाे शुभकामना दिएका छन् ।