
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगरमा श्री बिष्णुदल गणले बृहत् बृक्षारोपण कार्यक्रम गरेको छ ।
बुधबार नेपाली सेना र नगरपालिकाको संयुक्त आयोजनामा महेन्द्रनगर स्थित हाइवेको विभिन्न भागमा बृक्षारोपण गरिएको हो ।
संविधान दिवसको पूर्व सन्ध्यामा सेनाले करिब ५ हजार विभिन्न प्रजातीका बिरुवा महेन्द्रनगर र आसपासका क्षेत्रमा रोपेको जनाएको छ ।भबिस्यमा पार्कको सौन्दर्यकरणमा सहयोग हुने गरि उक्त बिरुवाहरु रोपिएको हो ।
यता, सेनाले गरेको बृहत् बृक्षारोपणले स्थानीय क्षेत्रको बिकासमा सेनाले प्रेम झल्काएको स्थानीय बासीले जनाएका छन् ।
कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुख देव यादब , नेपाली सेनाका गण पति प्रभु महत , नेपाल प्रहरीका निरीक्षक सोनु कुमार साह र सशस्त्रका निरीक्षक गोबिन्द कार्की लगायत स्थानियको उपस्थिति रहेको थियो
।