
महोत्तरी-संविधान दिवसको अवसर पारेर महोत्तरीको बर्दिवासमा आयोजीत संविधान विशेष बहसमा वक्ताहरुले संविधानको रक्षाको लागि संविधान दिवसलाई उत्सवकै रुपमा लिनुपने बताएका छन् । संविधान पूणर् दस्तावेज नभई सर्वस्वीकार्यताका लागि निरन्तर संसोधन गर्दै लान सकिने भएकाले नेपालको अन्तरिम संविधान २०७२ को रक्षा गर्दै पूणर् कार्यान्वयनमा जोड दिनुपर्ने वक्ताहरुले बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउद“ै समाजवादको दिशामा अगाडी बढौ’ भन्ने भन्ने नारा सहित माओवादी केन्द्र महोत्तरीले विशेष कार्यक्रम आयोजना गरेको थियो । संविधानको औचित्य र पूणर् कार्यान्वयनका लागि विचारहरुको मन्थन गराउने उदेश्यले कार्यक्रम आयोजना गरेको माओवादी केन्द्र महोत्तरीका ईन्चार्ज राजु खड्काले बताए ।
कार्यक्रममा एमाले अनुशासन आयोगकी सदस्य तथा नेता दुर्गा दाहालले राणा शासन देखि देशको पन्चायती शासनको स्मरण गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउन पर्ने बताईन् । ‘संविधानले दिएको कुरा अपुग छ’ उनले भनिन, ‘तर धेरै कुरा पाएका छौ“’ । उनले भनिन,‘हिजो बोल्न नपाउ“ने देशमा अहिले राजनितिक दल, निति, प्रणाली, शासन र शासकहरुलाई विरोध र गाली गरिरहेका छौ,यो पनि यहि संविधानले दिएको अधिकार हो’ ।
अहिलेको संविधानले शुनिश्चित गरेको समावेशि, समानुपातिक, आरक्षण कोटा जस्ता सुन्दर पक्षले देशको निति नियम बनाउने ठाउ“मा हिजोका आवाज विहिनहरु पुगिसकेको अवस्था रहेको दाहालले चर्चा गरिन् । संविधानको संरक्षण गर्न सके धेरै कुरा थप्दै जान सकिने दाहालले बताईन् ।
नेपाली कांग्रेसका महोत्तरी सभापती नागेन्द्र यादवले देशले के दियो भन्दा पनि हामी देशलाई के दिईरहेका छौ भनेर प्रश्न गर्ने अवस्थामा अहिले नेपाली रहेको बताए । विरोधका लागि विरोध नगरेर दुनिया“मा एउटै संविधान सधैका लागि कहि रहदैन भन्ने ईतिहास हेर्दै सहमती र सहकार्य गर्दै अघि बढे संविधान बार बार संसोधन गर्न सकिने दस्तावेज रहेको यादवले बताए । जनताका प्रतिनिधिले तयार पारेको संविधान जुनसुकै बेला जनताले चाहेमा संविधान संसोधन हुने हुदा संविधानको रक्षा मुल कुरा रहेको उनले बताए ।