
महोत्तरी- मटिहानी नगरपालिकाले स्थानीय किसानलाई हिउँदे घाँसको बिउ वितरण गरेको छ ।
नगर प्रमुख हरि प्रसाद मण्डलले शुक्रवार पशुपालक किसानहरूलाई हिउँदे घास बिउँ वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन्।

पशु सेवा शाखा मटिहानीद्वारा नगरपालिका भित्रका ७ सय पशुपालक कृषकहरूलाई बर्सिङ्ग र जौको बिउँ वितरण गरिने कार्यक्रम रहेको पशु सेवा प्राविधिक दिलिप कुमार यादवले जानकारी दिए।
कार्यक्रममा वड़ा नं. ६ का वड़ा अध्यक्ष कलीम अंसारीज्यू, वड़ा नं. ७ का वड़ा अध्यक्ष जीतनारायण माझी लगायतका उपस्थिति रहेको थियो ।
