जनकपुर – जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बोकाबली असोज २४ गते बिहिबार हुने भएको छ ।
असोज २४ गते सप्तमी तिथि रहेको अष्टमी तिथि पनि बेलुका सोही दिन पर्ने भएकाले बोकाबली निणर्य गरिएको श्रीराम युवा कमिटीकाबरिष्ठ उपाध्यक्ष अनिकेत ठाकुरले जानकारी दिए । ठाकुरका अनुसार राजदेवी मन्दिरमा असोज २४ गते बेलुका साढे ६ बजेदेखि बोका बली शुरु हुनेछ ।




मिथिला पञ्चाङ्गगका अनुसार सो दिन सप्तमी तिथि रहेपनि बेलुका अष्टमी तिथि शुरु भएर त्यसको भोली पल्ट बिहानसम्म मात्रै अष्टमी तिथि रह्ने छ । तिथिकै हेरफेरका कारण बोकाबलीका लागि असोज २४ गतेकै मिति राख्ने निणर्य गरिएको ठाकुरले बताए ।




