
महोत्तरी - महोत्तरीमा चारदलिय नयाँ गठबन्धन बनेको छ । नेपाली कांग्रेस,माओवादी केन्द्र,लोकतान्त्रिक समाजवादी,जनतासमाजवादी पार्टीले क्षेत्रिय गठबन्धन गरेका छन । महोत्तरी निर्वाचन क्षेत्र ४ को समग्र विकास,जनगुनाशो सम्बोधन तथा नयाँ राजनीतिक पृष्ठभुमि निर्माण गर्न उक्त गठबन्धन निर्माण गरिएको मनराशिस्वा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेय ले जानकारी दिएका छन ।
नेपाली कांग्रेस पार्टी केन्द्रिय सदस्य तथा महोत्तरी निर्वाचन क्षेत्र ४ प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादव,जसपा नेपालका कार्यकारणी सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डॉ.सुरेन्द्र यादव,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा महोत्तरी जिल्ला इन्चार्ज राजु खड्का,नेकपा माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेता तथा प्रदेश सभा सदस्य भरत प्रसाद साह,लोसपा नेपाल प्रदेश सभा सदस्य रमिता प्रधान,लोसपा नेपाल महोत्तरी जिल्ला अध्यक्ष रामबाबु साह,लोसपा नेपाल क्षेत्रिय सभापति विनोद गामी तथा महोत्तरी मनराशिस्वा नगरपालिका नगरप्रमुख मोहन पाण्डेयको सहभागितामा नयाँ क्षेत्रिय गठबन्धन निर्माण भएको हो ।
नयाँ गठबन्धनले क्षेत्रको समिष्टिगत विकास तथा जनगुनाशो सम्बोधनका लागि केन्द्रित भई असोज ३० गते शुभकामना आदान-प्रदान कार्यक्रम आयोजन गर्ने गठबन्धनमा सहभागी पार्टी प्रतिनिधिले जानकारी दिएका छन । उक्त कार्यक्रम असोज २७ गते आईतबार महोत्तरीको सम्सी गाउँपालिका स्तिथ नेपाली कांग्रेसको पार्टी कार्यालयमा लोसपा नेपालका क्षेत्रिय सभापति विनोद गामीको अध्यक्षतामा सम्पन्न भएको थियो ।