
महोत्तरी - सूचनाको हकको लागि राष्ट्रिय माहासंघ मधेश प्रदेशले अजय साहको नेतृत्वमा १५ जनाको कार्यसमिती निर्वाचित गरेको छ । आज जनकपुरमा भएको माहासंघको प्रदेशको दोश्रो अधिवेशनले ८ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी १५ सदस्य निर्वाचित गरेको हो ।
धनुषावाट दिवेश कुमार महतो, अनिता कुमारी यादव छन भने अध्यक्ष समेत धनुषाका नै हुन । त्यसैगरी महोत्तरीवाट उपाध्यक्षको नेतृत्वमा राकेश चौधरी, महिला सचिवमा आरती वुढाथोकी र सदस्यमा विशाल बस्नेत निर्वाचित भएका छन । माहासचिवको नेतृत्वमा कृष्ण थपलिया छन उनी सर्लाहीवाट प्रतिनिधित्व गर्दछन ।

रौतहटवाट सदस्यमा किरण पासवान, बाराबाट सन्दिप प्रसाद यादव, पर्सावाट मनोज कुमार रौनियार, सिरहावाट महिला उपाध्यक्ष पार्वती सुब्बा, सचिवमा दिलिप सहनी, सदस्यमा निर्मला कुमारी दाहाल, बद्री कुमार यादव र सप्तरीवाट अनिल पोखरेल सदस्यमा निर्वाचित भएका छन ।
अघिल्लो कार्याकालको नेतृत्व समेत अजय साहले नै गरेका थिए ।
