
महोत्तरी - औरही नगरपालिका वडा नम्बर ४ कबिलाशाका चन्देश्वर पण्डित बिहानैदेखि माटोको भाँडाकुँडा बनाउनमा यतिबेला ब्यस्त छन्। माटोको भाँडाकुँडा बनाउँदै आएका पण्डित अहिले खासगरि दियो, ढक्ना, खपरी बनाउनमा बढी केन्द्रित छन्। आउँदै गरेको दिपावली र छठ पर्व लाई मध्यनजर गर्दै पण्डितले दिपावली र छठ पर्वमा हरेक घरमा चाहिने दियो ढक्ना, खपरी,हाती लगायतका माटाका सामानहरु बनाउनमा खास ध्यान दिएका छन्।
एक महिना अघिसम्म गाउघर मै घर बनाउने काम गर्दै आएका रामनारायण पण्डित अहिले भने आफनो पुर्ख्यौली पेशा माटोको भाँडाकुँडा बनाउनमा बढी केन्द्रित भएका हुन्। नेपालीहरुको महान पर्व दिपावली तथा छठ पर्वमा बिशेषगरी प्रयोग हुने माटोको भाँडाकुँडाहरुको माग ह्वातै बढ्ने गरेको उनको भनाई छ। दिपावली र छठ पर्वमा खासगरि माटाले बनेका दियो,खपरी,ढक्ना प्राय हरेकले नै किन्ने गरेकोले दशैंअघि देखि नै अरु सबै काम छोडी माटोको भाँडाकुँडा बनाउनमा ब्यस्त भएको चन्देश्वर पण्डित बताउँछन्।

‘अरु बेला घर बनाउने काम गर्ने गरेको छु,साथै माटाका भाडाहरु पनि फुर्सत भएको बेलामा अलि अलि बनाउने गरेको छु,चन्देश्वर पण्डितले भने,‘अहिले दिपावली छठपर्ब नजिकै आईसकेकाले अरु सबै काम छोडेर यसमै बढी केन्द्रित भएको छु।’ उज्यालोको पर्व भनेर चिनिने दिपावलीमा हरेक घरमा माटोको दियो बालिने परम्परा रही आएको छ ।गरिबदेखि धनाढय ब्यक्तिहरुको घरमा लक्ष्मीको बास होस भनेर लक्ष्मी पुजाको दिन घरघरमा दियो बाल्ने गरिन्छ। पहिलेदेखि नै मानिसहरु खास गरेर माटोबाट बनेको दियो लक्ष्मी पूजाको दिन बाल्ने गर्दछन ।
दिपावली र छठ पर्बमा माटोले बनेका भाँडाकुँडा नभइ हुँदैन। माटोको दियो बनाउदै गरेका चन्देश्वर पण्डितले ढक्ना खपरी लगायतका सामानहरु बनाएर नजिकैका गाउँगाउँमा लगेर बेच्ने गरेका छन्। साथै कसै कसैले त अर्डर पनि गर्ने गरेको उनी बताउछन्।माटोको दियो बिशेष गरी आउँदै गरेको दिपावलीमा बढी प्रयोग हुने भएकोले चन्देश्वर पण्डितले पहिले दियो तयार पारी साइकलमा बोकेर नजिकैको गाउँहरुमा लगेर बेच्ने योजना रहेको सुनाउँछन्। उनले नजिकै रहेका औरही,गौशाला,रामगोपालपुर,बर्दिवास लगायतका बजारहरुमा माटोको दियो बेच्ने गरेको बताउछन्।
दिपावली नजिकिएसँगै सत्य नारायणले दैनिक १ देखि ४ हजारसम्मको माटोको दियो विक्री हुने भएकाले अहिलेसम्म २० हजार वटा दियो बनाएर राखेको बताए। प्रति सयकडा १ सय रुपैयाँमा माटोको दियो विक्री हुने गरेको छ। यस्तै माटोबाट बनेको ढक्ना भने प्रति गोटा रु २० मा विक्री हुन्छ भने खपरी रु ३० देखि ५० रुपैयाँसम्ममा पनि विक्री हुने गरेको उनले बताए।यसपालिको तिहार र छठपर्बमा ७० देखि १ लाखसम्मको माटाका सामानहरु बिक्री गर्ने लक्ष्य रहेको चन्देश्वर पण्डितले बताए। उनले भने, ‘त्यही भएर बिहानदेखि बेलुकासम्म अरु सबै काम छोडेर माटाका सामानहरु बनाउनमै ब्यस्त रहन्छु।’ ‘यसपालि पोहोरको भन्दा अलि बढी माटाका सामानहरु बेच्ने लक्ष्य राखेको छु,चन्देश्वर पण्डितले भने,‘त्यही भएर पहिले देखि नै माटाका सामानहरु बनाएर स्टक गर्न लागया छु।
’ दिपावली र छठ पर्बमा माटोको भाँडाकुँडाको माग बढेपछि यहाँका सिमावर्ती भारत बिहारबाट पनि ब्यापारीहरुले माटोको दियो लगायतका भाँडाकुँडाहरु ल्याएर बेच्ने गरेका छन्। अन्य समयको तुलनामा दिपावली र छठ पर्बमा माटोको भाँडोको ज्यादै माग हुन्छ,चन्देश्वर पण्डितले भने, हामीहरु सकेसम्म धेरै बनाउँछौ,त्यै पनि माग धान्न नसक्दा छिमेकी भारत बिहारबाट पनि ब्यापारीहरु टायर गाडा, साइकल लगायतका सवारी साधनहरुमा माटोको भाडाहरु ल्याएर यहाँ बेच्ने गरेका छन । एक्लैले नसकेपछि छोरा पनि सहयोगी नजिकिदै गरेको तिहार र छठ पर्वमा सबैले प्रयोग गर्ने दियो,खपरी,ढक्ना लगायतका माटाका सामाग्रीहरुको बिक्री बढने भएकाले बढी सामान बनाउन चन्देश्वर पण्डितले आफना छोरालाई पनि सामान बनाउनमा लगाएका छन्। यस समयमा माटाका भाडाको माँग बढने भएकाले धेरै मात्रामा सामाग्रीहरु बनाउनुपर्ने पर्ने र समय पनि छोटो भएकाले आफना छोरालाई पनि माटाका भाडा बनाउनमा लगाएको चन्देश्वर पण्डितको भनाई छ। तर,अहिले चाडबाडमा बाहिरबाट घर आएका बेला छोराले पनि आफना बुवा चन्देश्वर पण्डितलाई माटाका भाडा बनाउनमा सहयोग गर्दै आएका छन्। आफू भारतको दिल्लीमा बसेर सिलाईको काम गर्दै आएको भएपनि चाडबाडको बेला घर आएकोले बुवाको काममा सहयोग गरिरहेको अविनाशको भनाई छ।

उनले पनि आफना बुवाबाटै माटाका भाडा बनाउन सिकेको बताउछन्। ‘म त दिल्लमिा सिलाईको काम गर्छु,अहिले चाडबाडमा घर आएको छु’, पपुले भने,‘अहिले माटाका भाडा बनाउन चटारो परेका बेला बुवाको काममा सहयोग गर्दैछु।’ पहेँलो चिप्लो माटो पाउनै मुश्किल पहिले-पहिले माटोको भाँडा बनाउनमा प्रयोग हुने पहेलो चिप्लो माटो सजिलै पाइने गरेको भएपनि अहिले भने सजिलै चिप्लो माटो पाउन कठिन रहेको चन्देश्वर पण्डितको गुनासो छ। उनले पहिले फ्रिमै पाईने गरेको चिप्लो माटो भने अहिले किन्नु पर्ने बाध्यता रहेको बताउँछन्।
‘पहिले पहिले फ्रि मै आफनै गाउठाउमा चिप्लो माथटो पाईन्थ्यो’, उनी भन्छन्,’अहिले भने किन्नुपर्ने बाध्यता छ।’ माटाका भाँडा बनाउन चाहिने पहेलो चिप्लो माटो अहिले सजिलै नपाइने भएकाले टाढा टाढाको गाउबाट खाजेर भएपनि ल्याउनु पर्ने अवस्था रहेको उनले बताए।चन्देश्वर पण्डितले माटाका भाडा बनाउन ३ टेलरमा प्रति टयाक्टर ५ हजारका दरले १५ हजारको पहेलो चिप्लो माटो अन्यत्रबाट किनेर ल्याएको बताए।