युवराज स्मृति कपको उपाधी तेश्रो वर्ष पनि फ्लोरेन्स एकेडेमीले उचालेको छ । एनप्याव्सन बर्दिवासले आयोजना गरेको उक्त प्रतियोगितामा १२ वटा विद्यालयहरुलाई पछाडी पार्दै यो बर्ष पनि फ्लोरेन्स एकेडेमीले उपाधि जितेको हो ।
सोमवार सम्पन्न भएको प्रतियोगितामा एथलेटिक्स र फूटवल खेलमा उमेरअनुसार सिनियर, जुनियर र छात्र-छात्रामा विभाजन गरेर आयोजना गरिएको थियो ।
सिनियर एथलेटिक्स खेलमा पनि अन्तिम फाईनलमा प्रवेश गरेका माउन्ट बुद्व सिता एकेडेमी र सप्तकविन्द्र शिक्षा निकेतनलाई पछाडी पार्दै फ्लोरेन्स एकेडेमी नै प्रथम वनेको छ भने माउन्ट बुद्व सिता एकेडेमी र सप्तकविन्द्र शिक्षा निकेतन क्रमशः दोश्रो र तेस्रो स्थान हासिल गरेका छन् ।
जुनियर खेलमा भने नोवेल एकेडेमीले उछिनेको छ । फ्लोरेन्स एकेडेमी र माउन्ट बुद्व सिता खयरमाराले क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरेको एनप्यावसन बर्दिवासका सचिव सन्तोष वानियाले जानकारी दिए ।
फुटवल खेलको सिनियर छात्रतर्फ फ्लोरेन्स एकेडेमीले नै उपाधि हात पारेको छ । अन्तिम प्रतिस्पर्धामा सप्तकविन्द्र शिक्षा निकेतनलाई पछाडी पार्दै फ्लोरेन्स एकेडेमी नै उपाधिको दावेदार वनेको हो । माउन्ट वुद्व सिताले भने तेश्रो स्थानमा नै चित्त बुझाउनु परेको छ ।
सिनियर छात्रा तर्फ माउन्ट वुद्व सिता खयरमाराले उपाधि हाशिल गरेको छ । अन्तिम प्रतिस्पर्धामा प्रवेश गरेको नोवेल एकेडेमीलाई परास्त गर्दै छात्रा तर्फ खयरमारा प्रथम भएको एनप्यावसन बर्दिवासका अध्यक्ष नोगेन्द्र क्यापछाकीले जानकारी दिए ।
फ्लोरेन्स एकेडेमी र प्रज्वल वावाले दुई गोलका विरुद्ध एक गोलमा नै चित्त वुझाउनु परेको थियो । यो प्रतियोगिता १० कात्तिकवाट औपचारिक पारम्भ भएको थियो ।
तिन बर्ष अगाडी सर्पको टोकाईवाट ज्यान गुमाएका माईस्थान पब्लिक एकेडेमीका संस्थापक प्रधानाध्यापक युवराज श्रेष्ठको स्मृतिमा उक्त कपको आयोजना हुँदै आएको छ ।