नक्टाझिज, धनुषा। शुभ दिपावली, तिहार र छठ पर्वको उपलक्ष्यमा धनुषाको नक्टाझिजमा आउदो आइतबारका दिन रक्तदान कार्यक्रम हुन गईरहेको छ।
हरियाली कृषि सहकारी संस्था लिमिटेड मिथिला नगरपालिका -२ , नक्टाझिज धनुषाको पाचौं वार्षिक साधारण सभाको
उपलक्ष्यमा आयोजित कार्यक्रम अन्तर्गत रक्तदान,रगत समुह परीक्षण,बि.एम.आई. परीक्षण कार्यक्रम रहेको कुरा रक्तदान कार्यक्रमका संयोजक ब्लड फर नेपाल धनुषाकी सदस्य राधा महतोले बताइन्।



उनका अनुसार ” रक्तदान कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र सहित स-धन्यावाद दिदै सम्मान गर्ने छौं। रगत दान गर्नु भनेको कसैको जिवनदान गर्नु हो ।

अस्पतालमा बिरामीहरुलाई रगतको अभाव हुन नदिई मदत पुग्ने उदेश्यले कार्यक्रम राखेका छौँ। रक्तदान परोपकार मात्र नभई, स्वास्थ्यमा पनि लाभ पुग्ने भएकोले स्थानिय आमजनसमुदायलाई सरिक भई दिनुहुन हार्दिक अनुराेध गरेकी छिन् ।
२०८१ कार्तिक १८ गते आइतबारका दिन साविकको नक्टाझिज-६ स्थित रहेको श्री ऐभरेष्ट युवा क्लबको प्राङ्गणमा बिहान ११ बजेदेखि साँझ सम्म कार्यक्रम राखिएको छ। सो कार्यक्रम मधेस रक्तसञ्चार सेवा धनुषाको प्राविधिक सहयोग र ब्लड फर नेपालको सहकार्यमा हुन लागेको हो ।




