महोत्तरी – औरही नगरपालिका वडा नम्बर १ औरहीमा रहेको महादेव पोखरीमा छठ पर्व मनाउने श्रद्धालु भक्तजनहरुले सरसफाई गरेको छ।
स्थानीय युवाहरुले यस वर्ष महादेव पोखरी छठ पुजा समिति गठन गरेर छठ घाट व्यवस्थित बनाएका हुन् । महादेव पोखरी छठ पुजा समितिद्वारा विशेष सरसफाई गरेको छ ।यससँगै औरही नगरपालिका वडा नम्बर १ बाट बग्ने जङ्गहा खोला,पोखरी र औरही नगरपालिका २ औरहीमा बिभिन्न पोखरीमा छठ पर्व मनाइँदै छ।




श्रद्धालुहरुको सहजताका र जलाशयहरुको स्वच्छताका लागि महादेव पोखरी छठ पुजा समितिद्वारा महादेव पोखरी देखि नगरपालिका सम्म विशेष सरसफाई गरेको समितिका अध्यक्ष रामबरण मण्डलले बताए ।

सरसफाइको क्रममा घाँस काट्ने, झार उखेल्ने,फोहोर संकलन गर्ने,ढुवानी गर्ने लगायत काम गरिएकोछ।





