
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा जनकपुरले टस जितेर बलिङ रोजेको हो ।
विराटनगरको किंग्सको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् भने जनकपुर बोल्ट्सको कप्तानी अनिल साहले गर्दैछन् ।