राजविराज - सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साहलाई बिहीबार सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा साह जसपा नेपालवाट वडाध्यक्षमा निर्वाचित भएका थिए । बिहीबार पदभार ग्रहण समारोहबाटै प्रहरीले कर्तव्य ज्यान मुद्दामा उनलाई नियन्त्रणमा लिएको हो ।
डाकनेश्वरीमा दुईजनाको हत्याको आरोप वडाध्यक्ष साहमाथि छ । अदालतले जारी गरेको परमादेशबाट उनीविरुद्ध मुद्दा चलेको हो । सप्तरी प्रहरीले वडाध्यक्ष साहलाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भइरहेको जनाएको छ ।