महोत्तरी - मटिहानी नगरपालिकाको नगर स्तरीय योजना अन्तर्गत कृषि तर्फको स्वीकृत कार्यक्रम अनुसार लागत सहभागितामा कृषकहरुलाई उन्नत जातको गहुँको बिउ बितरण कार्यक्रमको आज मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले शुभारम्भ गर्नुभयो ।
त्यसै गरी मटिहानी नगरपालिकाको ९ वटै वड़ाका जम्मा ९०० कृषकलाई उन्नत जातको गहुँको बिउ बितरण गरिने कुरा कृषि शाखा प्राविधिक टंक प्रसाद उपाध्यायले बताउनु भयो ।