महाेत्तरी – विर्ता स्पोर्ट्स क्लबले पुस १३ गतेदेखि फुटबल प्रतियोगिता आयाेजना गर्ने भएको छ।महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ४ स्थित विर्ता क्लबद्वारा स्वर्गीय राम लखन चौधरीको स्मृति कप नक आउट १३ ओैं संस्करण अन्तर्गत प्रदेश स्तरीय फुटबल प्रतियोगिताकाे आयाेजना गर्ने भएको छ।
फुटबल प्रतियोगितामा प्रथम हुने लाई ७०,००० पुरुस्कार, दोस्रो हुने लाई ३५,००० पुरुस्कार र म्यान अफ द सिरिज, बेस्ट गोल स्कोर्र, म्यान द म्याच पुरस्कार शिल्ड, मेडल, प्रमाण-पत्र प्रदान गरिने आयोजकले जनाएको छ। यस प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने छ।



दर्ता गर्ने अन्तिम मिति र समय २०८१ पुष १० गते साझ ५ बजे सम्म साथै आर्थिक सहयोग गर्नेहरु पनि समयमै सम्पर्क गर्न र ब्यवसायको प्रचार, प्रसार नियमानुसार हुने छ भनेर विर्ता स्पोर्ट्स क्लवका सचिव इन्दल राउतले बताए ।स्वर्गीय राम लखन चौधरी गाविस अध्यक्ष भएकै बेला जनयुद्ध कालमा उनको गोलि हानि हत्या भएको थियो र उनकै सम्झनामा प्रत्येक वर्ष यो खेलकाे आयाेजना हुँदै आएकाे छ।
चौधरी जनप्रेमी नेता रहेकोले आज पनि जनसमुदायहरु उनलाई सम्झिदै यो खेल प्रत्येक वर्ष सफलतापुर्वक गरिरहेको विर्ता स्पोर्ट्स क्लवका सचिव इन्दल राउतले जानकारी दिए।





