काठमाडौं - नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ ।
जनकपुरका कप्तान आसिफ शेख ३३ रनमा आउट भएका हुन् । उनलाई सुदूरपश्चिमका सैफ जैबले आउट गरे ।
कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्यमा जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।