महोत्तरी- महोत्तरी प्रहरीले प्रतिबन्धित लागू औषध गाँजासहित एक महिलालाई पक्राउ गरेको छ । गौशाला नगरपालिका–४, रजखोरटोल बस्ने ४० वर्षिया विभा देवी महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
महतोले आफ्नो घरमा लागू औषध गाँजाको पुरिया बनाई बिक्री विरतण गरी रहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौशालाबाट खटि गएको प्रहरी टोलीले महतोको घर नजिक पुग्दा विभाले प्रहरीलाई देख्नासाथ घरबाट रातो रंगको जेब्रा झोला लिई भाग्न खोज्दा उनलाई पक्राउ गरेको हो ।
प्रहरीले विभालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कालो रंगको प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको ३ किलो २ सय ५० ग्राम लागू औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए । पक्राउ परेकी विभामाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




