
सुजाता राई
विराटनगर । मदन आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एमाले) विराटनगर महानगरपालिका कमिटीले आज जिल्ला पार्टी कार्यालय पान्चालीको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

महानगर अध्यक्ष बलराम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय कमिटी सदस्य तथा मोरङ इन्चार्ज क. जीवन घिमिरे रहेका थिए।

कार्यक्रममा केन्द्रिय कमिटी सदस्य क. रामलाल साह,केन्द्रीय सल्लाहकार समिति सदस्य क. विनोद ढकाल, प्रदेश कमिटी सदस्य,खेलकुद महासंघका केन्द्रीय अध्यक्ष,(प्रदेश कमिटी सचिवालय सदस्य तथा महानगर इन्चार्ज), क.पर्शुराम बस्नेत, प्रदेश कमिटी सदस्य तथा अनेमसंघको केन्द्रिय सदस्य क. सरस्वती खरेल,जिल्ला कमिटी उपाध्यक्ष- क.सागर थापा,सचिव-क. सोमराज थापा र क. उषा झा (सहसचिव) लगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन सचिव विज्ञान चापागाईंले गरेका थिए।
रक्तदानकर्ताहरूको उत्साहजनक सहभागिता देखिन्थ्यो, जसले कार्यक्रमलाई अझ प्रभावशाली बनायो। उपस्थितहरूको मुहारमा उल्लास र सेवा भाव प्रकट भइरहेको देखिन्थ्यो।