जनकपुरधाम - इजोरिया वृतचित्रको लोकार्पण कार्यक्रम आज एक समारोहका बिच सम्पन्न भएको छ । शिक्षामा आधारित सो वृतचित्रको लेखन एवं निर्देशन रामअशिष यादव, निर्माण संयोजन डा. निरञ्जन गोइत आ भाषा सम्पादन डा. भोगेन्द्र झाको रहेको छ । जनकपुरधामका वरिष्ठ चिकित्सक डा. एसके सिंह सो वृतचित्रको सल्लाहकार रहेका छन् । मैथिली भाषामा बनाइएको सो वृतचित्रको माध्यमले बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउने उदेश्य रहेको छ ।
विभिन्न स्वास्थ्य शिविर र विभिन्न सहयोगको माध्यमले कसरी ग्रामीण क्षेत्रमा विद्यार्थीलाई विद्यालयमा टिकाउने कार्य भइरहेको छ त्यो देखाइएको छ ।काव्य अस्पताल जनकपुरधामकोे सभाकक्षमा आयोजित समारोहमा लोकार्पण गर्दै शिक्षा तथा संस्कृति मन्त्री रानी शर्माले शिक्षामा दीयो बाल्नुको आवश्यकता रहेकोेमा जोड़ दिनुभयो । प्रदेशको बजेटमा कसरी शिक्षामा लगानी बढछ त्यसको योजनामा आफू लागेको समेत उहाँले जानकारी दिनुभयो । इजोरियाले समाजमा जनचेतनाको कार्य गर्ने समेत बताउनु भयो ।
वृतचित्रका लेखक एवं निर्देशक रहेका प्रदेश सांसद रामअशिष यादवले शिक्षामा कार्य गरेर आफू परिवर्तनको चाहना राखेको बताउनुभयो । उहाँले दलित र विपन्नलाई शिक्षित गर्नु आफनो प्राथमिकता रहेको समेत बताउनुभयो ।
डा. निरञ्जन गोइतको अध्यक्षतामा भएको सो समारोहमा प्रदेश निति आयोगका पूर्व अध्यक्ष डा. भोगेन्द्र झा, मिडिया प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलाश दास, मोडेल खबरका सम्पादक सुजीतकुमार झा, समाजिक कार्यकर्ता रवि गोयन्का लगायतले बोल्नु भएको थियो ।