
महोत्तरी - पिछाडी पारिएको समुदाय कि १५ किशोरीले दोस्रो चरणको ब्युटिसियन तालिम प्राप्त गरेकि छिन । जिल्लाको बर्दिवास नगरपालिका १४ का विविध कारणले पछाडी पारिएको समुदायका किशोरीहरुको क्षमता अभिवृद्धि गर्न तथा उनीहरुलाई आफ्नै खुट्टामा उभ्याउन ग्रामिणमुखी युवा अभियान (ROYM-NEPAL) को आयोजना तथा AEIn को आर्थिक सहयोग तथा बर्दिवास नगरपालिकाले समन्वयमा दोस्रो चरणको ब्युटिसियन तालिम दिइएको हो ।
पौष १५ गते देखि संचालन भएको सो तालिम माघ ५ गते समापन भएपछि वडाअध्यक्ष विजय महतोको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम राखी दिक्षित किशोरीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो । तालिमको समापन कार्यक्रममा प्रमाणपत्र दिदै वडाअध्यक्ष महतोले आफ्नो वडाको किशोरीहरु आत्मनिर्भर बन्ने प्रयासमा अझै एक पाईला अगाडी बढेको बताए । उनले तालिममा सिकेका गुणलाई जिवनमा उतार्दै राम्रो र दक्ष ब्युटिसियन बनेर आफ्नो र आफ्नो परिवारको परणपोषण गर्न सक्ने गरि अब्बल बन्न दिक्षित किशोरीहरुलाई निर्देशन दिए ।

यता पिछाडिपारिएका समुदायको सामाजिक तथा आर्थिक रुपान्तरका लागि सक्षम वातावरण सिर्जना गर्न ल्याएको ‘रुपान्तरण’ कार्यक्रम अन्तर्गतको दोस्रो चरणको ब्युटिसियन तालिमले स्वरोजगार सृजना गर्ने भएकोले तालिममा सिकेका दक्षतालाई अझै अभ्यासबाट परिस्कृत गर्न प्रशिक्षक ममता भगतले बताईन । ब्युटुसियनको स्कोप अझै धेरै भएकोमा सिकेको गुणहरु आयआर्जनको लागि उपयोग गर्न सल्लाह दिईन ।
यस्तै च्इथ्ः(ल्भ्एब्ी कि जिल्ला कार्यक्रम अधिकृत रंजु साहले पनि किशोरीहरुले पहिलो र दोस्रो चरणको ब्युटिसियन तालिम प्राप्त गरिसकेकोमा बधाई दिदै उज्जवल भविष्यको कामना गरिन । उनले किशोरीहरुलाई आत्म निर्भर बनाउन ‘रुपान्तरण’ परियोजना मार्फत तालिमको आयोजना गरिएकोमा तालिम सफल भएको आफुहरुको बुझाई रहेको बताउदै आफुहरुको बुझाईलाई सत्य स्थापित गर्न किशोरीहरुले सफलको पाईला अगाडी बढाएर देखाउनु पर्ने बताईन । यता संस्थाकि सामाजिक परिचालिका दिपकामना मिश्रले समापन कार्यक्रमको उदघोषण गरेकि थिईन ।