
महोत्तरी- मटिहानी नगरपालिका वडा नं १,३,६,७ र ९ वडाका कृषकहरूलाई वातावरण तथा महिला मैत्री कृषि प्रविधि उपकरण वितरण गरिएको छ ।
कोइका को आर्थिक सहयोग तथा जी.जी.आई.,जी.एन.आई. नेपालको प्राविधिक सहयोग र मटिहानी नगरपालिका एवं आसमान नेपालको समन्वयमा सञ्चालित "जलवायु मैत्री कृषि परियोजना" अन्तर्गत वातावरण तथा महिला मैत्री कृषि प्राविधिक उपकरण मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले कृषकहरूलाई हस्तान्तरण गर्नुभयो ।
उक्त उपकरण हस्तान्तरण गर्नु हुँदै प्रमुख मंडलले यी नयाँ प्रबिधिक उपकरणले कृषकलाई आफ्नो खेतमा बाली लगाउन साथै अन्य कृषि कार्य गर्न मद्दत पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।उक्त जलवायु मैत्री कृषि परियोजना अन्तर्गत १,३,६,७ र ९ वडाका बिभिन्न कृषक समूहहरुलाई hand Ridger, soil tiller, weeding cultivator, push seeder, post hole digger, staking rope लगायतका कृषि उपकरण बितरण गरिएको कुरा आसमान नेपालका परियोजना प्रमुख चेतन थापाले बताउनुभयो ।
उक्त कार्यक्रममा वड़ा नं. ३ र ६ का वड़ा अध्यक्ष क्रमशः नाजिर मिया र कलीम अंसारी , वड़ा नं. ९ का वड़ा सदस्य रत्नेश लाल कर्ण, कृषि शाखा प्रमुख संध्या साह, कृषि प्राविधिक टंक प्रसाद उपाध्याय, आसमान नेपालका कृषि प्राविधिक महेन्द्र यादव लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।






