
नेपाल रेडक्रस सोसाइटी बर्दिवासको नेतृत्वमा भुवन खडका निर्वाचित भएका छन ।
आज भएको १० औ साधारणसभा र चौथो अधिवेशनवाट खडका सभापतिमा निर्वाचित भएका हुन ।
खडकासँगै उपसभापतिमा देव कुमारी पौडेल, सचिवमा टिका बस्नेत(गणेश), कोषाध्यक्षमा दान वहादुर थापा(बिष्णु), उप-कोषाध्यक्षमा किशोर भट्टराई र उपसचिवमा सुनिल यादव समेत निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ ।
निर्वाचन मण्डलले ५ सदस्य सर्वसम्मत निर्वाचित गरेको छ । निर्वाचित हुनेहरुमा रवी निरौला, विप्लब अधिकारी, सुमित्रा भट्टराई, इन्द्र प्रसाद ढुंगेल(सिताराम) र महिला सदस्यमा उषा ढकाल छन् ।
युवा नेतृत्वको यो टिमले रेडक्रसलाई थप उचाईमा पुर्र्याउने बिस्वास लिइएको छ । नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सुभकामना दिदै नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले यो नेतृत्व परोपकारी कार्यमा थप शसक्त वन्ने बिस्वास व्यक्त गरे ।
कार्यसमितिको निर्णयले थप एक जनालाई मनोनित गर्ने व्यवस्था रहेको पुर्व सभापति मुकुन्द पौडेलले जानकारी दिएका छन् ।