
प्रगतिशील लेखक संघ महोत्तरीले सहिद दिवसको अवसरमा रचना वाचन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
लेखक संघका केन्द्रिय सदस्य जीवन स्पर्शी र मधेश प्रदेशका अध्यक्ष नारायण घिमिरेको सहभागीतामा ‘सहिदले देखाएको वाटो’ विषयमा आधारित भएर अन्तरक्रिया र रचना वाचन कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा दुई दर्जन साहित्यकारहरुले रचनाको माध्यमवाट सहिदको सपनाहरु अपमान भएको भन्दै व्यंग्य प्रहार गरे । व्यवस्था परिवर्तन भएतापनि अवस्था जस्ताको तस्तै रहेको भाव व्यक्त गर्दै रचना कै माध्यमवाट साहित्यकारहरुले खवरदारी व्यक्त गरेका छन् ।
नेकपा एमाले मधेश प्रदेश स्कुल विभाग प्रमुख शंकर महतोले सहिदहरुको वलिदानी नै आज वाच्ने आधार भएको जिकिर गरे । देश र जनताका लागि रगत अर्पण गरेर वनाएको जगमा केही मुठीभरका मान्छेहरुको रजगज भएको भन्दै माओवादी केन्द्रका नेता राजन ढुंगानाले अझै क्रान्ति नसकिएको वताए ।
प्रगतिशील लेखक संघ महोत्तरीका अध्यक्ष रामचन्द्र पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उधोग बाणिज्य संघका माहासचिव उत्तम श्रेष्ठ, केन्द्रिय सदस्य जीवन स्पर्शी, मधेश प्रदेशका अध्यक्ष नारायण घिमिरे लगायतले सहिदहरुले देखाएको वाटो विषयमा आफ्ना धारणा राखेका थिए ।