महोत्तरी – बर्दिवासमा गुम्दै ट्रान्जिट प्वाइन्ट, २४० होटेलको लगानी जोखिममा कुनै वेला आन्तरिक तथा भारत लगायतका अन्य मुलुकका पर्यटकले गुल्जार हुने बर्दिवासमा अहिले पर्यटक घट्न थालेका छन् । पर्यटक कम हुन थालेपछि साना, मझौला र ठुला गरी दुई सय ४० होटेलको लगानी जोखिममा परेको छ । बर्दिवासमा पर्यटकलाई राम्रो खाना र वासस्थानको व्यवस्था भए पनि समय व्यतीत गर्न सक्ने ठाउँको अभाव हुँदा पर्यटक घट्दै गएको होटेल तथा पर्यटन व्यवसायीहरुको गुनासो छ । पर्यटक घट्न थालेसँगै तीनवटा ठुला होटेल व्यवसायी पलायन भइसकेका र थप चार बन्द हुने अवस्थामा छन् । तथापी बर्दिवासलाई पुनः गुलजार बनाउन सक्ने सम्भावना प्रसस्तै छ ।
होटेल तथा पर्यटन व्यवसायको वर्तमान अवस्था र सम्भाव्यताबारे हामीले होटेल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुञ्ज कार्कीसंग सम्वाद गरेका छौ । गुञ्ज कार्की,अध्यक्ष होटेल तथा पर्यटन व्यवसायी संघ महोत्तरी भन्छन्, ‘फास्ट ट्रया्क निर्माण अन्तिम चरणमा छ । काठमाडौंबाट निजगढ हुदै बर्दिवास भएर पुर्व जाने फास्ट ट्रया्क निर्माण पछि यात्री सहजै र कम समय मै गणतव्यमा पुग्ने छन् । दुरी छोटो भएपछि यात्रीहरुलाई बर्दिवासमा विश्राम गर्नु पर्ने आवश्यक्ता हुदैन । त्यसतै कुनै बेला सिन्धुली,रामेछाप,ओखलढुंगा, र सोलुसम्मको मानिसहरुलाई पुर्व जानु पर्दा बर्दिवास हुदै जाने मार्ग थियो ।



तर पछिल्लो समय भिमानबाटै धरान चतरा(मदन भण्डारी राजमार्ग)को निर्माणले उताको यात्री समेतलाई बर्दिवास आईरह्नु पर्ने आवश्यक्ता रहेन । यसरी बर्दिवासले आफ्नो ट्रान्जिट प्वाईन्ट गुमाउदै गएको छ ।’ यात्रीको आशमा यहाँको व्यापार व्यवसाय चल्ने अवस्था हराउने भएपछि व्यसाय झनै संकटमा पर्न सक्ने भन्दै व्यवसायी चिन्तित हुनु स्वभाविक पनि हो । यात्रीकै आश नभई अन्य पर्यटकलाई बर्दिवास र महोत्तरी कै अन्य पर्यटकिय स्थलहरुमा आकर्षित गर्न राज्य कै ध्यान जानु आवश्यक देखिएको छ ।’ गुञ्ज कार्की,अध्यक्ष होटेल तथा पर्यटन व्यवसायी संघ महोत्तरी । ‘सवैको विकासको लागि पर्यटन’ भएको भन्दै पर्यटन क्षेत्रमा सुधार ल्याए देश मजबुत हुने र सोकोलागि तिन तहको सरकारले देशमा आन्तरिक तथा बाह्य पर्यटन बढाउन विशेष प्याकेज सहितका योजनाहरु ल्याउनु पर्ने आवश्यक्ता रहेको बताउछन ।
पर्यटकिय महत्व बोकेको स्थलहरुको सौन्दर्यिकरण,व्यवस्थापन मनोरञ्जनात्मक पर्यटकिय स्थलहरुको निर्माण र प्रचार प्रसारमा राज्य गम्भिर हुनु पर्ने बताउछन । गुञ्ज कार्की,अध्यक्ष होटेल तथा पर्यटन व्यवसायी संघ महोत्तरी । राज्यले सहि ठाउमा लगानी गर्न सके लगानीको प्रतिफल आउने र त्यसले देश,प्रदेश,जिल्ला र स्थानिय तहको अर्थतन्त्र मजबुत हुने भएकोले विज्ञहरु र होटेल तथा पर्यटन व्यवसायीहरुको सुझाव र सल्लाह अनुसार लगानी सहीमार्गमा लगाउनु पर्ने आवश्यक रहेको छ ।
स्वयम रुद्रले स्थापित गरेको जलेश्वरनाथ महादेव, अर्जुनले पाशुपतास्त्र प्राप्त गरेको टुटेश्वरनाथ महादेव,जंग बहादुरले सेतो बाघ देखेको र देख्दा देख्दै विलिन भएको पछि पंचधुरा माईस्थानको नामले प्रसिद्ध भएको पंचधुरा,माता सिताको मटकोर गरिएको ईतिहास बोकेको तथा मुसा र बिरोलोको लडाईमा मुसा जित्दा साधुले खन्ती गाडेको मटिहानी स्थित लक्ष्मी नारायण सर तथा लक्ष्मी नारायण मठ र नेपालकै सवैभन्दा पहिलो गुरुकुल राजकिय संस्कृत मा.वि.मटिहानी,हिन्दुको आस्थाका देव कारिक महाराज तथा मुस्लिम धर्मको भनिएकि मिरालाई प्रसाद तथा बली भाकल गर्ने स्थल पडौल स्थान र हजरत गदा अली शाहको रौजा मजार लगायतका धार्मिक स्थल होस वा बर्दिवास स्थित पाटुमा अवशेष भेटिएको भनिएको मध्यपाषन युगको ढुंगे हथियार कारखाना,रायमण्डलको गिद्ध बासस्थान वा खयरमारामा पर्ने चनौटे डाँडाँको सुन्तला खेती कतै पनि पर्यटक पुर्याउन सक्ने र उनीहरुलाई सोहि स्थानहरुमा रमाउन सक्ने वातावरण तथा स्थलहरु निर्माण गर्न सकिएको छैन ।
न त अपेक्षाकृत प्रचार प्रसार नै गर्न सकिएको छ । ‘राजा जनकले अष्टावक्रसंग ज्ञान लिएर विदेहीको उपाधी प्राप्त गरेको हालको बर्दिवास ३ राजाबासकै कुरा गर्दा सोहि स्थल र त्यसको तथ्य खोज्ने कतैबाट प्रयास नै भएको छैन । ’ हामीसंग ईतिहास भरमार छ । खोजिए र अध्ययन गरिए सोहिको सहयोगले महोत्तरीको नाम विश्वमै चर्चामा ल्याउन सकिने भएपनि महोत्तरीका महत्वपुर्ण स्थलहरुको वास्तविक ईतिहास र त्यसको प्रमाण र तथ्यहरु खोज्न अझै पहल हुन सकेको छैन । गुञ्ज कार्की । यता देशका एक तिहाई युवाहरु वैदेशिक रोजगारीमा छन भने अहिले विदेशमा अध्ययन गर्न जाने युवा जमात पनि धेरै छन । वैदेशिक रोजगारी र अध्ययनकै लागि युवा विदेश जादा देशमा युवाको संख्या ह्वात्तै घटेको छ । होटेलमा बस्ने र पर्यटकिय हिसावले घुम्ने युवाहरु नै हुन तर उनीहरु नै नहुदा आन्तरिक पर्यटनमा समेत प्रभाव परेको छ ।
अझै एकातर्फ वैदेशिक रोजगारीबाट देशको अर्थतन्त्र धानिरहेको बताईरहदा अहिले विदेश अध्ययनको लागि जाने युवाहरुले देशबाट पैसा विदेशमा खर्चिनु परेको तितो यथार्थ हामीसंगै छ । भारत लगायतका तेस्रो मुलुकमा अध्ययन गर्न जाने युवाले त्यहा खाने बस्ने देखि अध्ययनको लागि लाग्ने खर्च समेत नेपालबाटै लग्नु परेको अवस्था छ । केहि युवा अध्ययनको लागि त्यही सामान्य कामहरु गर्ने गरेपनि त्यो अपर्याप्त छ । हामीले आफ्नै देशमा गुणस्तरिय अध्ययन गर्न सक्ने विदेश सरहको आकर्षक विश्वविद्यालयहरु अझै खोल्न सकेका छैनौ ।’,अध्यक्ष कार्कीको भनाई छ ।
गुञ्ज कार्की । पर्यटनले होटेल व्यवसायीमात्रलाई फाईदा पुग्ने नभई यसले होटेल तथा त्योसंग जोडिएको हजारौको रोजगारीको थलो समेत छ । बर्दिवासमा रहेको थ्रिस्टार होटेल नाव्या र सोहि सरहको होटेलहरु गौतम होटेल,विनायक होटेल,होटेल पावन मिथिला,होटेल रेड क्राउन,होटेल रोयल सेन,होटेल गुञ्ज र बर्दिवास रिसोर्ट लगायतका होटेलमा पाचसय भन्दा वढी युवा रोजगारमा छन भने ति होटेलहरुसंग थप सयौ गरि हजारौंको रोजगार जोडिएको छ ।
ति होटेलहरुको भान्से,रिसेप्सन,वेटर,क्लिनर देखि विभिन्न पदमा युवाहरु काममा छन । अझै होटेलमा पाहुना आउदा स्थानिय बजारबाटै चामल देखि तरकारीसम्म किनेर होटेलमा पाहुनालाई खुुवाउने गर्दा स्थानिय किराना व्यवसायी देखि तरकारी फलाउने किसानकै मुनाफा हुने गरेको छ । अझै बर्दिवासका होटेलमा बस्ने पर्यटक त्यहीको बजार घुम्न जादा कपडा पसल देखि विभिन्न सृंगारका पसलहरुमै पस्छन र केहि सामान किन्छन । यसले होटेललाई मात्र नभई यस्ले सवै व्यवसायी र किसानलाई समेत जोडेको छ । देशमा रोजगारी नै नपाएर हजारौ लाखौ युवा विदेश पलायन हुनु पर्दा पर्यटनले ति युवा शक्तिलाई देशमै रोजगारीका अवसरहरुका साथ फर्काउन सक्ने क्षमता राखेको छ । ’ यसैको लागि होटेल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशबाट समेत पहल भएको अध्यक्ष हिरा गौतम बताउछन ।
हिरा गौतम , अध्यक्ष होटेल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेश तथा अध्यक्ष नगर संस्कृति तथा पर्यटन प्रवद्र्धन समिति बर्दिवास नगरपालिका देशको मेरुदण्ड मजबुत बनाउन पर्यटन फस्टाउन अतिआवश्यक रहेपनि अझै स्थानिय,प्रदेश वा केन्द्र सरकारकै पर्यटन भित्र्याउन कुनै ठोस कदम चालिएको देखिएको छैन । महोत्तरीकै सवै मुख्य स्थलहरुमा पर्यटकको भिड नै खडा गर्न सक्ने सम्भावना रहेपनि ति सवै स्थल जोड्ने र ति स्थलहरुको प्रचार प्रसारसंगै त्यहा पर्यटक बसेर आनन्दित हुन सक्ने स्थलहरु नै निर्माण नभएको र ति स्थलहरुलाई पर्यटकको हिसावले परिमार्जित गर्न सकिएको छैन । ‘धार्मिक महत्व बोकेको स्थलको सोहि हिसावले र पुरातात्विक महत्व बोकेको स्थलहरुलाई सोहि अनुसार परिमार्जन गर्नु आवश्यक छ ।
महोत्तरी तथा मधेश प्रदेश कै पर्यटकिय दृष्टीले महत्वपुर्ण स्थलहरु र त्यसको वरिपरी मनोरञ्जनात्मक स्थलहरु निर्माण गरि पर्यटकलाई होल्ड गर्न सकिने प्रचुर सम्भावना छ । बर्दिवासको माथिल्लो क्षेत्रमा स्काई साईकलिंग,वंजी जम्प,जिपलाईन र अन्य साहसिक खेल व्यवस्थापन गर्न सके महोत्तरीमा पर्यटकको संख्या ह्वात्तै बढ्छ । यसका अलावा सवै पर्यटकिय स्थलहरुमा पार्क उपयुक्तताको आधारमा मिनी जुहरु,अन्य घुम्ने ठाउहरु,पोखरी र होमस्टे लगायतका व्यवस्थापनले समेत पर्यटकको संख्यामा वृद्धि हुन्छ ।




