महोत्तरी - महोत्तरीको मटिहानी नगरपालिकाले परिक्रमामा सहभागी भएका श्रद्धालु भक्तजनलाई स्वागत गर्नका लागि एक दिने स्थानीय बिदाको घोषणा गरेको छ।
मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत चौथो दिन मटिहानीमा परिक्रमाको यात्री टोली पुग्ने भएकोले आइतबार बिदा दिइएको मटिहानी नगरपालिकाले शनिबार एक सूचना जारी गर्दै घोषणा गरेका हुन् ।
१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा चौथो दिन आइतबार मटिहानीमा विश्राम गर्ने हुँदा मटिहानी नगरमा सार्वजनिक बिदा दिएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।धनुषाको ठेरा कचुरीबाट डोलासहित परिक्रमा यात्रीहरू हनुमान गढीमा प्रस्थान पछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ । त्यसपछि कल्याणेश्वर हुँदै शनिबार परिक्रमा यात्रीहरू फुलहर पुगेका छन् ।
आइतबार मटिहानी हुँदै जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल र पुनः कल्याणेश्वर हुँदै फागुन पूर्णिमाको दिन जनकपुर फर्कन्छ र नगरको पाँचकोशे अन्तर्गृह परिक्रमा गरी समाप्त हुनेछ ।





