
जनकपुरधाम- मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले पत्रकारहरुकै कारण आफू डिप्रेशनमा जान लागेको र पत्रकारहरुले योजना माग गरेको आरोपले जनकपुरधामका पत्रकारहरुमा खैलाबैला मचेको छ ।
मैथिली विकास कोषमा हिजो आयोजित प्रादेशिक ललितकला प्रदर्शनी कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री यादवले पत्रकारहरुले योजना माग गरेको, विज्ञापनकालागि दवाव दिने गरेको नदिए समाचार लेख्ने धम्की दिएको जस्ता आरोप लगाएका थिए । पत्रकारहरु ठेक्केदार भइ सकेको उनको गुनासो थियो । उनले भने नाम चाहि किटान गरेनन् ।
जसले धनुषाका पत्रकारहरु एकदम्मै आक्रामक देखिएका छन् । यहाँका पत्रकारहरुले नाम किटान गर्न मन्त्री यादवलाई दवाव दिएका छन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्व अध्यक्ष अनिल मिश्रले पत्रकार महासंघले मन्त्री यादव संग जवाफ माग्नुपर्ने माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ धनुषाका सदस्य घनश्याम मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘म पत्रकारिताबाट सन्यास लिन्छु’ तर आरोपलाई प्रमाणित गरेर छोड्छु ।’
प्रेस मञ्च नेपाल मधेश प्रदेशका अध्यक्ष अभरेन्द्र यादवले मन्त्री यादवको अभिव्यक्ति गैर जिम्मेवार रहेको आरोप लगाएका छन् । उनले आफ्नो भ्रष्टाचारी लुकाउन मन्त्रीको अभिव्यक्ति आएको टिप्पणी गरे । उनले भने–‘यस्तो यस्तो आरोप लगाएर पत्रकारहरुलाई बदनाम गर्ने, पत्रकार मन्त्रालय रिपोर्टिङ्ग गर्न आउन छाड्ने अनि मनपर्दी गर्ने हिसावको अभिव्यक्ति छ ।’
यश सन्दर्भमा पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण साहले महासंघकाे बैठक बसि बरिष्ठ पत्रकार तथा सल्लाहकारहरू संग छलफल गरेर मात्र कुनै किसिमकाे प्रतिक्रिया ओैपचारिकरूपमा जाारि गर्ने बताए।