
महोत्तरी - महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नं. ७ स्थित सहसौलामा मधेस प्रदेशका सांसद एवंम पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाद्वारा पीसीसी सडक ढलान कार्यका लागि शिलान्यास गरिएको छ ।
मधेस प्रदेशका सांसद एवंम पुर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री कुशवाहाले सडक ढलानको शिलान्यास गरेका हुन्। सडक निर्माणले स्थानीय बासिन्दालाई सहज आवागमनको सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

स्थानियवासीहरूले लामो समयदेखि सडक सुधारको माग गरिरहेका थिए। यो परियोजनाले वर्षायाममा देखिने हिलो तथा धुलो समस्याबाट मुक्ति दिने अपेक्षा गरिएको छ ।

शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा संयोजक सत्यनारायण चौधरी, समिउल्लाह अन्सारी, स्थानीय नेताहरू, नागरिक समाजका प्रतिनिधि, तथा युवा समूहको उपस्थिति रहेको थियो ।
