महोत्तरी(औरही )– औरही नगरपालिका वडा नं. १ औरहीमा रहेको चिल्ड्रेन ग्लोरी पब्लिक एकाडेमी बिधालयमा एसईई दिने विद्यार्थीहरुलाई शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा संलग्न हुने विद्यार्थीहरुलाई बिहिवार एक कार्यक्रमका बीच बिदाई गरिएको छ । चिल्ड्रेन ग्लोरी पब्लिक एकाडेमी बिधालय औरही नगरपालिका १ औरहीमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेका हुन् ।
बिदाई कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल रबिन्द्र यादवले बिदाई भएर गएका विद्यार्थीहरुको सफलताको कामना गर्दै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले भोलिका दिनमा भौतिक संरचना लगायत कुनैपनि सुविधामा कमी हुन नदिने बताए । उनले निकट भविष्यमा औरही नगरपालिका भित्रको उत्कृष्ट विद्यालय बनाउने प्रतिवद्व समेत व्यक्त गरेका थिए ।शुभकामना कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई उच्च अंक ल्याएर परीक्षा पास गर्ने हैासला मिलोस् भन्ने हेतुसहितका शुभकामना मन्तव्य र साँस्कृतिक प्रस्तुति देखाईएको थियो ।
सो अवसरमा एसईई दिने विद्यार्थीहरुलाई अविर र मायाको चिनो प्रदान गरिएको थियो । विदाई कार्यक्रममा बोल्ने शिक्षक तथा विद्यार्थीले एसईई परीक्षा दिने विद्यार्थीहरुलाई शैक्षिक प्रगतिको शुभकामना दिएका छन् ।कार्यक्रममा विद्यालयका संस्थापक सदस्य तथा शिक्षक कृष्ण प्रसाद गौतम,शिक्षक नारायण गौतम,सुनिल चौधरी,धिरज झा,सबिर साफी,शिक्षिका सिता गौतम लगायतले सानैबाट आफुले पढाएको विद्यार्थीलाई विदाई गर्दा असहय पीडा भएको बताएका थिए । उनीहरुले उच्च शिक्षाको लागि तयार भएका विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट कक्षा १० का हिराज यादवले आफ्ना अनुभव सुनाएकी थिइन् । कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुद्वारा संयुक्त रुपमा कक्षा १० का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी अविर तथा खादा ओढाएर विदाई गरेका थिए । कक्षा ९ का प्रतीक्षा साह को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत कक्षा ९ का प्रतीक्षा साहले गरेका थिएभने संचालन कक्षा ९ का संजना साह र नेहा साहले गरेका थिए ।












