
महोत्तरी - महोत्तरी प्रहरीले ५ सय ४७ किलो लागुऔषध गाजाँ सहित १ जनालाई पक्राउ गरेको छ । सिन्धुली बाट वर्दिबास तर्फ आइरहेको बा ३ ख ५८३२ नम्बरको मिनि ट्रक लाई चेकजाँच गर्दा उक्त परिमाणमा गाजाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरिक्षक शन्तु जैसवारले बताउँनुभयो ।
गोप्य सुचनाको अधारमा महोत्तरीको बर्दिवास गौरीडाँडा विपि राजमार्गमा उक्त ट्रक लाई चेकजाँच गर्दा लागुऔषध गाजाँ सहित मिनि ट्रक चालक जिल्ला सिन्धुपाल्चोक बाहृबिसे न.पा.७ घर भएको हाल काठमाण्डौँ बस्दै आएका करिब ३७ बर्षीय सलिन मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
बर्दिबास न.पा.३ अस्थाई ट्राफिक प्रहरी पोष्ट गौरीडाडाँ स्थित बि.पि. राजमार्गमा गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट प्र.ना.नि. सरोज कुमार अधिकारीको कमाण्डमा खटिएको टोलीले उक्त परिमाणको गाँजा फेला पारी चालक मगरलाई पक्राउ गरेको हो ।
मिनि ट्रकमा ट्रकमा फल्स बटन बनाई लुकाई छिपाई राखेको ३५ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक मगरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।