
काठमाडौं– सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको छ । सुनको मूल्य बुधबार आठ सय बढेर तोलाको एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै बुधबार चाँदीको मूल्य भने सामान्य घटेको छ । चाँदीको मूल्य बुधबार तोलामा पाँच रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।