
नुवाकोट - पुर्व राजा ज्ञानेन्द्र शाह नुवाकोट आएका छन् ।गोरखा जान लागेका उनी ‘टोखा–छहरे–गगटे–देवीघाटबाट गल्छी’ हुदैँ त्यसतर्फ जानलाई नुवाकोट हुदैँ आएका हुन् ।
उनी केहीवेर नुवाकोटको विदुर ४ बट्टारमा रहेको सिदार्थ होटल वाटरटावरमा वसको थिए ।उनी आउने सुचना पाएसँगै उनका सर्मथकहरुले बजार क्षेत्रको विभिन्न स्थानमा जम्मा भएका थिए । राजा ज्ञानेन्द्रसँग स्वागतसँगै उनको तस्वीर लिन सबैले तछाँडमछाड गरेको दृश्य भने हेर्न लायक र रोचक थियो ।
सहभागिहरुले पुर्वराजालाई सक्रिय हुन आग्रह गर्दै उनको पक्षमा जयजयकार गदै ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ । राजा आऊ, देश बचाऊ । श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाह जिन्दावाद ।’ जस्ता नारा लगाएका थिए ।