
सर्लाही - सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित ताज गेस्ट हाउसमा एक भारतीय युवती मृत अवस्थामा फेला परेकी छन्।
भारत निवासी ३१ वर्षीया आरती दुई दिनदेखि सो गेस्ट हाउसमा बसेकी थिइन्। प्रहरीका अनुसार, गेस्ट हाउसको ९ नम्बर कोठामा उनले बाल्टिनको सहारा लिएर सलको पासो लगाई झुन्डिएको अवस्थामा शव भेटिएको थियो।
सर्लाहीका प्रहरी प्रमुख एसपी रवीन्द्र सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। पछिल्लो केही समयदेखि आरती सर्लाही क्षेत्रमा देखिएकी थिइन्। मृत्युको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।