
सुजाता राई
विराटनगर । आइतबार बिहान ७ बजे नेकपा एमाले महानगर कमिटिले आयोजना गरेको सरसफाई अभियान बिराटनगर तीनपैनी चोकमा भेला भएका नेता,कार्यकर्ताहरुले सडकमा रहेका फोहोर झाडु लगाउदै सफा गर्दै महानगर पालिकाको कार्यलय अघि सम्पन्न गरेको छ।
जागरण अभियानमा केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे,केन्द्रिय सदस्यहरु -रामलाल साह,नैनाकलाओझा, कोशी प्रदेश सचिवालय सदस्य तथा विराटनगर महानगरपालिका इञ्चार्ज पर्शुराम बस्नेत,जिल्ला उपाध्यक्ष सागर थापा र कोशी प्रदेश कमिटीका, मोरङ जिल्ला कमिटीका, तथा विराटनगर महानगर कमिटीका विभिन्न जिम्मेवारीमा भएका, महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

यस अभियान मार्फत एमाले जनताको घर दैलोमा पुगेर गणतन्त्रको महत्वपूर्ण विषय सन्देश प्रवाह गर्दैआइरहेको र राजनीतिक गतिविधिसँग रचनात्मक गतिविधिलाई जिम्मेवारपूर्ण अघि बढाउने प्रतिबद्धता बस्नेतले व्यक्त गरे।

महानगरका अध्यक्ष रोहित कोइरालाले सङ्घर्षबाट प्राप्त संघीय लोकतान्त्रिक व्यवस्थाभन्दा उत्तम व्यवस्था अरु केही हुन नसक्ने, देशमा अशान्ति फैलाउने चाहनेहरू, मच्चाउनेहरू, मण्डलेहरू र अराजक झुण्डाहरुलाई बेलैमा सच्चिन सुझाव छ नत्र टाउको उठाउन नसक्ने दिन आउँछ भन्ने आफ्नो मन्तव्य राखे।
महानगरका सचिव बलराम गिरीले एमाले रचनात्मक क्रियाकलापका साथ जनताको घरदैलोमा पुग्दै आइरहेको बताए।

