
सुजाता राई
विराटनगर । नोबेल साकोसको मासिक साहित्यिक कार्यक्रम चैत्र १६ गते शनिबार दाहाल प्रतिष्ठानको सभा हलमा शाखाकी अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा अन्तर्राष्ट्रिय लेखक संघको अध्यक्ष, विराट साहित्य सङ्गमको सल्लाहकार, विराटनगर प्रज्ञा प्रतिष्ठानका विभागीय प्रमुख अग्रज साहित्यकार शिव नारायण सिंगालको प्रमुख अतिथ्यतामा सम्पन्न भयो।
विशिष्ट अतिथि विराट साहित्य सङ्गमका सम्पादक रामबाबु दाहाल,अध्यक्ष मधु पोखरेल, प्रतिष्ठानका शाखा अध्यक्ष नारायण प्रसाद दाहाल नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेल अतिथिहरू भानु कला केन्द्रको अध्यक्ष माया पौडेल, दाहाल प्रतिष्ठानका सचिव चित्रप्रसाद दाहाल, छन्द वाटिकाका अध्यक्ष हरि कट्टेल, सचिव चिरञ्जीवी काफ्ले मैथिली समाजका अध्यक्ष डोमी कामत, दाहाल प्रतिष्ठानको केन्द्रिय सदस्य जीवनाथ दाहाल अन्तराष्ट्रिय कवि राजेन्द्र गुरागाई, बेलबारीबाट लेखक, पत्रकार तथा अनुसन्धाता केशु विरही, साहित्यकार नवराज नवशीलाको उपस्थिति थियो ।

नव प्रतिभा बालिकालाई नोबेल साकोस शाखाले नवस्रष्टाहरूमा उत्प्रेरणा होस् भन्ने अभिप्रायले आकृति राईलाई पुरस्कार प्रदान गरे । पुरस्कृत राईले मिठो, सुरिलो भाकामा गीतमार्फत आफ्नो प्रस्तुति दिएर उपस्थित सम्पूर्णलाई आनन्द बनाइन् ।
पाहुनालाई स्वागत संस्थाका सदस्य शान्ता भट्टराईले आफ्नो स्वागत मन्तव्यबाट गरिन् । रामबाबु दाहाल यस प्रतिष्ठानको संस्थापक सचिव र परिकल्पनाकार उहाँकै अवधारणा अनुरूप विकासित भएको खण्डमा साकोस शाखा संस्था रहुन्जेलसम्म सधैँ कार्यक्रम सञ्चालन गर्न पाउने घोषणा गरे।

उक्त गोष्ठीमा पदाधिकारीहरू उपाध्यक्ष भूपल अधिकारी, कोषाध्यक्ष ऋषि तिवारी, सदस्य शान्ता भट्टराई, कुमार श्रेष्ठ,आजीवन सदस्यहरू सुरेश कुमार अग्रवाल, केशव रिजाल सल्लाहकार प्रिन्स प्रमोद नव युवा कवि निमेश पोख्रेल,अछुत पौडेल, नेत्र खतिवडा, पूर्णिमा सहानी र कवि,साहित्यकारहरू गोपाल निर्भिक, पुण्य चौलागाई, उमेश लुइटेल, प्रयाग न्यौपाने, रोहिणी रसिक, शारदा भट्टराई, पुष्पा सायरा,पुण्य चौलागाई, चन्द्रकन्ता भट्टराई, किरण रिजाल, चुडामणि घिमिरे (गोपाल) आदिले सहभागिता जनाउँदै रचना वाचन सुनाए।
संस्थाका सचिव सुजाता राईले सञ्चालन गरेकी उक्त कार्यक्रममा तीन दर्जनभन्दा बढी साहित्यप्रेमीहरूको उपस्थिति थियो । सबैले विभिन्न विधामा रचना वाचन गरेर कार्यक्रमको शोभा बढाए ।
