
जनकपुर ।अतिक्रमण गरिएको सरकारी जग्गा जनकपुरधाम उपमहानगरपालिकाले खाली गराउन थालेको छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित मटिकोर्वा पोखरीको सौन्दर्यीकरणको क्रममा अतिक्रमित जग्गा खाली गराइएको छ ।
उपमहानगरपालिकाको वडा न४ मा रहेको मटिकोर्वा पोखरीको उत्तर तर्फको सरकारी जग्गा विजय कुमार साह, रेखा कर्ण र रुद्रनाारयण लाल कर्णले अतिक्रमण गरेको बताइएको छ । उनीहरुले आफ्नो निजी जग्गामा निर्माण गरेको घरको अतिरिक्त सार्वजनिक जग्गा समेत मिचेकोले सौन्दर्यीकरणको क्रममा अतिक्रमित भूमी खाली गराइएको बताइएको छ ।
जउमनपाको २५ वटै वडामा भौतिक संरचना निर्माण, सौन्दर्यीकरण लगायतको कार्य चलिरहेको छ ।त्यस क्रममा अतिक्रमण हटाएर निर्माण कार्य अगाडी बढाउनेमा जउमनपा दृढ देखिएको छ । कुनै व्यक्तिको जग्गा अथवा निर्माण न भत्काइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले बताएका छन् । ‘ऐतिहासिक पोखरीको सौन्दर्यीकरणको कार्य भइरहेको छ ’उनले भने, हामीले कसैको घर भत्काएका छैनौ, पोखरीको अतिक्रमित भूमिलाई सफाइ गरेका छौ । मेयर साहले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुले स्वयं जग्गा खालीगरि उपमहानगरपालिकालाई सहयोग गर्न आग्रह गरेका छन् ।
पोखरीको सौन्दर्यीकरणले जनकपुरधामको धार्मिक र ऐतिहासिक महत्वको सरोवर जोगिने र वातावरणको सन्तुलनमा महत्वपूर्ण योगदान पुग्ने उनको कथन छ ।