
महोत्तरी - महोत्तरी जिल्लाको मटिहानी र धनुषा जिल्लाको तुलसियाही जोड्ने मटिहानी नगरपालिका वड़ा नं. ८ स्थित विग्ही नदीमा निर्माण भएको झुलङ्गे पुलको आज मटिहानी नगरपालिका नगर प्रमुख (मेयर) हरि प्रसाद मण्डलले समुद्घाटन गर्नुभयो ।

उक्त पुल समुद्घाटन गर्नुहुदै प्रमुख मंडलले मैत्रीपूर्ण रुपमा निर्माण गरिएको यस पुलले मटिहानी र तुलसियाहीका किसानलाई आफ्नो कृषि उत्पादनलाई बाजारीकरणमा सहज हुनुका साथै यी दुई पालिकाका आम नागरिकलाई ओहरदोहर गर्न सहज हुने बिश्वास ब्यक्त गर्नुभयो ।करीब ४८ मीटर लम्बाई र १.५ मीटर चौडाई रहेको उक्त झुलङ्गे पुल मटिहानी नगरपालिका र संघीय सरकारको लागत साझेदारीमा ७५ लाख १२ हजारको लागतमा निर्माण भएको कुरा पालिकाका इंजीनियर बिमलेश साहले बताउनुभयो ।

उक्त कार्यक्रममा मटिहानी नगरपालिका उप-प्रमुख श्रीमती मन्जु देवी साह, वड़ा अध्यक्षज्यूहरु जीतनारायण माझी, कलीम अंसारी, रितेश साह, कार्यपालिका सदस्य अरुण नाहर,सुनेकेशी चौधरी, महोत्तरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष मोहन गुप्ता, पूर्व उपाध्यक्ष राकेश गुप्ता,वर्तमान उपाध्यक्ष अजय चौधरी, सचिव रंजीत साह,सदस्य संजय पंजियार, लोसपा नगर अध्यक्ष श्याम कुमार मंडल, नेकपा एमालेका जगेश्वर खतवे, वड़ा सदस्यहरु, तुलसियाहीका जीवेश साह, महेश्वर साह, बिश्वनाथ साह लगायतका मटिहानी र तुलसियाहीका स्थानीयहरुको उपस्थिति रहेका थिए ।




