
सर्लाही - जसपा नेपाल निकट प्रेस मन्च मधेश प्रदेशकी महासचिव बन्दना झा नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गरेकी छन् ।
हिजो बागमतीस्थित सीता प्यालेस होटलमा सम्पन्न एमाले बागमती नगर कमिटीको दोस्रो नगर अधिवेशनमा झा प्रेस चौतारी नेपालमा प्रवेश गरेका हुन् । उनी नेपाल पत्रकार महासंघ सर्लाही शाखाको उपाध्यक्ष समेत हुन् ।

मलंगवा निवासी झालाई एमाले जिल्ला इन्चार्ज हरिप्रसाद उप्रेती, नेता रेवती पन्त, जिल्ला अध्यक्ष राजनारायण साह, नेतृ सरस्वती सुुब्बालगायत भएर एमालेमा प्रवेश गराएका छन् ।
झाले आज बिहान उज्यालो अभियानसँग कुराकानी गर्दै आफू प्रेस चौतारी नेपालमा प्रवेश गरेको पुष्टी गरेकी छन् ।