
सुजाता राई
बिराटनगरमा बैशाख २०गते शनिबार दाहाल प्रतिष्ठानको सभा हलमा नोबेल साकोस साहित्य संस्था शाखाले आयोजना गरेको नियमित रचनावाचन कार्यक्रममा डाक्टर महावीर पुनलाई सम्मान गरेका छ्न्न।
रचना वाचन कार्यक्रममा स्थित प्रतिष्ठानको सभा हलमा साकोस शाखाकी अध्यक्ष मन्जु घिमिरेको अध्यक्षतामा वरिष्ठ गजलकार तथा अग्रज साहित्यकार विराट साहित्य सङ्गमको अध्यक्ष मधु पोख्रेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा विशिष्ट अतिथिमा डा• महावीर पुन लगायत सबै टिम,वरिष्ठ कवि बलराम पोखरेल, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशको अध्यक्ष तथा समालोचक बाबुराम पोखरेल, लेखक तथा अनुसन्धानता केशु विरही, वरिष्ठ कवि तथा समालोचक हरि कट्टेल, शिवनारायण मण्डल लगायतका व्यक्तित्वहरूको सहभागी भयो र कवि गोपाल निर्भिक, कवि प्रमोद ढकाल प्रिन्स, मुक्तककार नवराज पोखरेल नवशिला, कवि भूपाल अधिकारी, मुक्तककार शरद प्रधानाङ्ग, लघुकथाकार ऋषि तिवारी, साहित्यकार शान्ता भट्टराई, कवि रोहिणी रसिक, साहित्यकार कुमार श्रेष्ठ, सुजा चापागाईं, उमेश लुईटेल, किस्मत खतिवडा, मुक्तककार नानु मैया दाहाल लगायत दुई दर्जनभन्दा बढी कविहरूले आ-आफ्ना रचना वाचन सुनाए।

कार्यक्रममा साहित्यकार तथा नाटककार भरत बर्बरिकले शुभकामना मन्तव्य दिए भने स्रष्टाहरुलाई स्वागत मन्तव्त सह-सचिव रेनुका राईले गरिन र सम्मान पत्र सदस्य कुमार श्रेष्ठले गरे। कार्यक्रम सञ्चालन संस्थाकी सचिव सुजाता राईले गरेकी थिइन्।